लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन « Khabarhub

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन


३० आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने प्रचार भ्रामक र तथ्यहीन भएको जनाएको छ ।

कार्यालयले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा असोज २९ गते कार्यालयको जानकारी र अनुमति बिना मिठाइ तथा बिस्कुटका टोकरी ल्याइएको र त्यसैलाई आधार बनाएर कर्मचारीले अनुचित उपहार लिएको भन्दै प्रचार गरिएको उल्लेख छ ।

कार्यालयका अनुसार बिहीबार दिउँसो १४ः३० बजे प्रमुख कार्यकारी अधिकृत याङ्की उक्याबसहित कर्मचारीहरू बैठकमा रहेका बेला युट्युब च्यानलका व्यक्ति अनुमति बिना कार्यालय प्रवेश गरी भिडियो खिचेका थिए ।

उनले कर्मचारीले ठेकेदारबाट रक्सी, आइफोन र मिठाईलगायतका उपहार लिएको आरोप लगाउँदै भिडियो प्रसारण गरेका थिए । कार्यालयका सहसचिव एवं प्रवक्ता भुपेन्द्र थापाका अनुसार परियोजनाका प्रतिनिधि बताउने व्यक्तिले अनुमति र जानकारी बिना मिठाइ तथा बिस्कुटका टोकरी कार्यालयमा ल्याएका थिए ।

उक्त घटनालाई कर्मचारीले अनुचित उपहार लिएको भन्दै प्रस्तुत गर्नु गलत भएको कार्यालयको भनाइ छ । कार्यालयले कर्मचारीका लागि कुनै पनि किसिमका उपहार लिनेदिने कार्य स्वीकार्य नहुने स्पष्ट पार्दै घटनाबारे भ्रामक प्रचार गरी कर्मचारीको मानमर्दन र मनोबल गिराउने गतिविधि रोक्न आग्रह गरेको छ ।

अन्यथा आवश्यक कानुनी उपचार खोज्ने चेतावनी दिँदै कार्यालयले सुशासन कायम गर्ने सरकारी अभियानप्रति आफूहरू प्रतिबद्ध रहेको जनाएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०८३, शुक्रबार  ९ : १८ बजे

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००