बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा « Khabarhub

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा


३० आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा झोलुङ्गे पुल मर्मतपछि पुनः सञ्चालनमा आएका छन् ।

प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालमार्फत पूर्वाधार विकास मन्त्रालयले त्रिशूली करिडोरअन्तर्गतका क्षतिग्रस्त पुलहरूको मर्मत गरी सञ्चालनमा ल्याएको जानकारी दिएका हुन् ।

बाढीका कारण ११ वटा झोलुङ्गे पुलमा ठूलो क्षति पुगेको थियो भने सातवटा पुलमा सामान्य क्षति भएको थियो । सबै पुलको मर्मत सम्पन्न भएपछि आवतजावत पुनः सहज बनेको छ ।

पुलहरू सञ्चालनमा आएसँगै बाढीबाट प्रभावित नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत जिल्लाका स्थानीय बासिन्दालाई आवतजावतमा सहज भएको छ। यसबाट प्रभावित क्षेत्रको जनजीवन सामान्य अवस्थामा फर्काउनसमेत सहयोग पुगेको छ ।

बाढीका कारण क्षतिग्रस्त भएका पुलहरूको मर्मतपछि स्थानीय बासिन्दालाई आवतजावतका लागि राहत मिलेको छ ।

प्रकाशित मिति : ३० आश्विन २०८३, शुक्रबार  १० : ३६ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार