हात्तीको जोखिमबाट धानबाली जोगाउन सुरक्षाकर्मीसहित स्थानीय धान काट्दै « Khabarhub

हात्तीको जोखिमबाट धानबाली जोगाउन सुरक्षाकर्मीसहित स्थानीय धान काट्दै


३० कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भद्रपुर- झापाको मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा जङ्गली हात्तीको आवागमनका कारण पाकेको धानबालीमा क्षति पुग्ने जोखिम बढेपछि स्थानीय बासिन्दा, सुरक्षाकर्मी र जनप्रतिनिधि धान काट्न खेतमा जुटेका छन् ।

हात्ती प्रभावित क्षेत्रमा किसानको बाली सुरक्षित रूपमा भित्र्याउने उद्देश्यले आइतबार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय जनप्रतिनिधि र किसानको संयुक्त सहभागितामा धान काटिएको हो ।

बाहुनडाँगी क्षेत्रमा जङ्गली हात्तीको आवागमन बढेपछि जिल्ला प्रशासन कार्यालय झापाले यसअघि नै किसानलाई पाकेको धानबाली समयमै भित्र्याउन आग्रह गरेको थियो । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बाली भित्र्याउने अवधिभर हात्तीको प्रवेश नियन्त्रण गर्न थप सुरक्षाकर्मी परिचालन गर्ने प्रतिबद्धतासहित किसानलाई ढिला नगरी धान काट्न आग्रह गरेका थिए ।

प्रशासनको आग्रह र स्थानीय किसानको मागअनुसार हात्ती प्रभावित क्षेत्रमा धान काट्ने अभियान सञ्चालन गरिएको मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कार्कीले बताए।

‘हात्तीको जोखिमका कारण किसानलाई पाकेको बाली भित्र्याउन समस्या भइरहेको छ । त्यसैले नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय बासिन्दा र जनप्रतिनिधि मिलेर धान काट्ने अभियान सञ्चालन गरेका हौँ’, उनले भने,’किसानको बाली सुरक्षित रूपमा भित्र्याउन र हात्तीबाट हुनसक्ने क्षति कम गर्न सबै पक्षबीच सहकार्य आवश्यक छ ।’

हात्तीबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्नुका साथै कृषि उपज जोगाउने उद्देश्यले अभियान सञ्चालन गरिएको वडाध्यक्ष कार्कीले बताए। धान काट्ने क्रममा सुरक्षाकर्मी र स्थानीय बासिन्दाले किसानलाई सहयोग गरेका थिए ।

यसअघि शुक्रबार बिहान बुद्धशान्ति गाउँपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक जना घाइते भएपछि प्रमुख जिल्ला अधिकारी पोखरेलको नेतृत्वमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखसहितको टोली बाहुनडाँगी पुगेको थियो ।

अनुगमनका क्रममा किसानले कम्तीमा पाँच दिन हात्तीको प्रवेश नियन्त्रण गर्न सके पाकेको धान सुरक्षित रूपमा भित्र्याउन सकिने भन्दै प्रशासनसँग आग्रह गरेका थिए ।

किसानको माग सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी पोखरेलले थप सुरक्षाकर्मी परिचालन गरी स्थानीय समुदायसँगको समन्वयमा हात्तीको प्रवेश नियन्त्रण गर्न सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका थिए ।

प्रशासनले सुरक्षा निकाय र स्थानीय समुदायबीच समन्वय गरी हात्तीको आवागमन नियन्त्रण गर्ने तथा किसानलाई सुरक्षित रूपमा बाली भित्र्याउने वातावरण बनाउने जनाएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८३, सोमबार  ६ : १२ बजे

काठमाडौँको न्यूनतम तापक्रम एकै दिनमा २.४ डिग्रीले बढ्यो

काठमाडौँ– काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम एकै दिनमा २.४ डिग्री सेल्सियसले

बेनीमा डेढ महिनापछि खानेपानी आपूर्ति

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनीबजारमा डाँडाखर्कको मुहानबाट डेढ महिनापछि खानेपानी आपूर्ति

हात्तीको जोखिमबाट धानबाली जोगाउन सुरक्षाकर्मीसहित स्थानीय धान काट्दै

भद्रपुर- झापाको मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा जङ्गली हात्तीको आवागमनका कारण पाकेको धानबालीमा

कोप–३१ सफल बनाउन सबै पक्ष लचिलो बन्नुपर्छ : साइमन स्टिल

टर्किए- संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव साइमन स्टिलले कोप–३१ लाई

यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको