काठमाडौँको न्यूनतम तापक्रम एकै दिनमा २.४ डिग्रीले बढ्यो « Khabarhub

काठमाडौँको न्यूनतम तापक्रम एकै दिनमा २.४ डिग्रीले बढ्यो


३० कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम एकै दिनमा २.४ डिग्री सेल्सियसले बढेको छ। सोमबार बिहान ५:४५ बजे गरिएको प्रारम्भिक मापनमा उपत्यकाको न्यूनतम तापक्रम १२.४ डिग्री सेल्सियस रेकर्ड गरिएको हो।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मनोज भट्टका अनुसार आइतबार बिहान सोही समयमा काठमाडौँको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस मापन भएको थियो। 

यस आधारमा सोमबार बिहानको प्रारम्भिक तापक्रम अघिल्लो दिनको तुलनामा २.४ डिग्रीले बढी देखिएको हो।

रातिको मौसमले बिहानको न्यूनतम तापक्रममा प्रभाव पार्छ। राति आकाश बादलले ढाकिएमा तापक्रम तुलनात्मक रूपमा बढी रहने र आकाश खुला रहेमा तापक्रम घट्ने गर्छ।

प्रकाशित मिति : ३० कार्तिक २०८३, सोमबार  ६ : २५ बजे

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सम्पन्न

काठमाडौँ – उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यस वर्षको छठ पर्व

सयपत्री फूल बेचेर शुक्लागण्डकीका किसानले कमाए साढे नौ लाख

दमौली– तनहुँको शुक्लागण्डकी नगरपालिकाका किसानले यस वर्ष तिहारमा सयपत्री फूल बिक्री

काठमाडौँको न्यूनतम तापक्रम एकै दिनमा २.४ डिग्रीले बढ्यो

काठमाडौँ– काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम एकै दिनमा २.४ डिग्री सेल्सियसले

बेनीमा डेढ महिनापछि खानेपानी आपूर्ति

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनीबजारमा डाँडाखर्कको मुहानबाट डेढ महिनापछि खानेपानी आपूर्ति

हात्तीको जोखिमबाट धानबाली जोगाउन सुरक्षाकर्मीसहित स्थानीय धान काट्दै

भद्रपुर- झापाको मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा जङ्गली हात्तीको आवागमनका कारण पाकेको धानबालीमा