इनरुवा– सुनसरीको इनरुवास्थित कुरुवा खोलामा आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व समापन गरिएको छ ।
छठ पर्वको अन्तिम दिन आज बिहानैदेखि व्रतालुहरू खोलाको किनारमा भेला भई उदाउँदो सूर्यको पूजा आराधना गरेका छन् । उनीहरूले विधिपूर्वक सूर्यलाई अर्घ्य दिँदै परिवारको सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको कामना गरेका छन् ।
चार दिनसम्म मनाइने छठ पर्वअन्तर्गत हिजो साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको थियो । आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यस वर्षको छठ पर्व विधिवत् रूपमा सम्पन्न भएको छ।





















प्रतिक्रिया