लामिछाने दम्पतीले दिए उदाउँदो सूर्यलाई अर्घ्य « Khabarhub

लामिछाने दम्पतीले दिए उदाउँदो सूर्यलाई अर्घ्य


३० कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र उहाँकी पत्नी निकिता पौडेल लामिछानेले जनकपुरधामस्थित गङ्गासागर पोखरीको छठघाटमा आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरे ।

छठ पर्व मनाउन जनकपुरधाम पुगेका लामिछाने दम्पतीले आइतबार साँझ अस्ताउँदो सूर्य र आज बिहान उदाउँदो सूर्यलाई विधिपूर्वक अर्घ्य दिएका हुन् ।

उनीहरू जनकपुरधाम उपमहानगरपालिका–२ स्थित शिवचोकमा रहेको नरेश साहको घरबाट पूजाका सामग्रीसहित ढाकी बोकेर गङ्गासागर छठघाट पुगेका थिए । उनीहरूसँगै परिवारका अन्य सदस्य तथा शुभेच्छुक पनि छठघाट पुगेका थिए ।

यसैबीच, आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिनसम्म मनाइने यस वर्षको छठ पर्व विधिवत् रूपमा सम्पन्न भएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८३, सोमबार  ८ : ५५ बजे

लामिछाने दम्पतीले दिए उदाउँदो सूर्यलाई अर्घ्य

जनकपुरधाम- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र उहाँकी

पूर्वसूचनालाई विपद् पूर्वतयारीसँग जोड्न महासचिव चापागाईंको आह्वान

काठमाडौँ- रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घका महासचिव जगन चापागाईंले प्राकृतिक

माग बढेपछि ‘थारू आलुखेती’ विस्तार गर्दै किसान

बर्दिया– स्वादिलो, लामो समयसम्म भण्डारण गर्न सकिने र बजारमा राम्रो

रैथाने बासमती धान लोपोन्मुख अवस्थामा

उदयपुर– कुनै समय उच्च गुणस्तर र विशिष्ट बास्नाका कारण पहिचान

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ सम्पन्न (तस्बिरहरू) 

इनरुवा– सुनसरीको इनरुवास्थित कुरुवा खोलामा आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य