नवलपुरमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते « Khabarhub

नवलपुरमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते


३० कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।

धनगढीबाट काठमाडौँतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४७५ नम्बरको बस आज बिहान करिब ६ः४० बजे कावासोती नगरपालिका–११ स्थित लोकाहामा दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार चालकले नियन्त्रण गुमाउँदा बस दुर्घटनामा परेको हो ।

दुर्घटनामा घाइते भएका यात्रुको मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डामा उपचार भइरहेको उनले जानकारी दिए ।

बस दुर्घटनास्थलमै रहेको र घाइतेहरूको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८३, सोमबार  ९ : ३३ बजे

नवलपुरमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते

नवलपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा यात्रुवाहक बस दुर्घटना हुँदा २५

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै काठमाडौँमा प्रदर्शन (तस्बिरहरू) 

काठमाडौँ – जलवायु न्याय, हानि तथा क्षतिको क्षतिपूर्ति र पर्याप्त

लामिछाने दम्पतीले दिए उदाउँदो सूर्यलाई अर्घ्य

जनकपुरधाम- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र उहाँकी

पूर्वसूचनालाई विपद् पूर्वतयारीसँग जोड्न महासचिव चापागाईंको आह्वान

काठमाडौँ- रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घका महासचिव जगन चापागाईंले प्राकृतिक

माग बढेपछि ‘थारू आलुखेती’ विस्तार गर्दै किसान

बर्दिया– स्वादिलो, लामो समयसम्म भण्डारण गर्न सकिने र बजारमा राम्रो