नवलपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।
धनगढीबाट काठमाडौँतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४७५ नम्बरको बस आज बिहान करिब ६ः४० बजे कावासोती नगरपालिका–११ स्थित लोकाहामा दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार चालकले नियन्त्रण गुमाउँदा बस दुर्घटनामा परेको हो ।
दुर्घटनामा घाइते भएका यात्रुको मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डामा उपचार भइरहेको उनले जानकारी दिए ।
बस दुर्घटनास्थलमै रहेको र घाइतेहरूको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।














प्रतिक्रिया