एनटी फाइबर इन्टरनेट र मेस एपी अफरको अवधि थपियो « Khabarhub

एनटी फाइबर इन्टरनेट र मेस एपी अफरको अवधि थपियो


३० कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल टेलिकमले ३० एमबीपीएस क्षमताको एनटी फाइबर इन्टरनेट प्याकेज तथा एनटी फाइबरमा प्रयोग हुने मेस एपी अफरको अवधि थप गरेको छ ।

कम्पनीले २०८३ असोज ८ देखि सुरु गरेको मेस एपी तथा असोज ३० देखि वितरण सुरु गरेको ३० एमबीपीएस एनटी फाइबर प्याकेजप्रति रहेको ग्राहकको मागलाई मध्यनजर गरी दुवै अफरको अवधि २०८३ पुस ३० गतेसम्म थप गर्ने निर्णय गरेको हो ।

कम्पनीका अनुसार ३० एमबीपीएस क्षमताको एनटी फाइबर इन्टरनेट प्याकेज वार्षिक ४,९९९ रूपैयाँमा उपलब्ध छ । त्यसैगरी घरका सबै स्थानहरूमा वाइफाई उपलब्ध गराउनका लागि आवश्यक मेस एपी ४० प्रतिशत छुट मूल्य सहित २,९९९ रुपैयाँमा उपलब्ध छ ।

दसैं तिहार अफरको रुपमा उपलब्ध वाइफाइ ६ व्यक्तिगत प्याकेज अन्तर्गत नयाँ ग्राहकहरूलाई उक्त प्याकेजमा ३,००० रुपैयाँ छुट प्रदान गरिएकोमा सो सुविधा आगामी २०८३ कात्तिक ३० सम्म रहेको कम्पनीले जनाएको छ छ । 

यस अनुसार डिमान्ड पोर्टलमार्फत आगामी कात्तिक ३० सम्म नयाँ जडानका लागि आवेदन दर्ता गराइसक्ने ग्राहकहरूलाई सो छुट सुविधा उपलब्ध हुनेछ । डिमान्ड पोर्टलमा आवेदन दर्ताका लागि यस अघिकै व्यवस्था जस्तै १९८ मा फोन गर्न, नेपाल टेलिकम एप प्रयोग गर्न वा https://complain.ntc.net.np/ लिंक प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८३, सोमबार  ११ : ३४ बजे

एनटी फाइबर इन्टरनेट र मेस एपी अफरको अवधि थपियो

काठमाडौं– नेपाल टेलिकमले ३० एमबीपीएस क्षमताको एनटी फाइबर इन्टरनेट प्याकेज

सभामुख अर्यालद्वारा मधेस आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली

काठमाडौँ- सभामुख डोलप्रसाद (डीपी) अर्यालले वीरगञ्जस्थित सहिद स्मारकमा पुष्पहार अर्पण गर्दै

बंगलादेशमा प्रतिबन्धित अवामी लिगका कार्यकर्ताको प्रदर्शन, शेख हसिनाको गृहनगरमा तोडफोड

काठमाडौँ- बंगलादेशको प्रतिबन्धित राजनीतिक दल अवामी लिगका सयौँ कार्यकर्ताले आइतबार

दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो

नारायणगढ– जिल्लामा यस वर्षको दसैँ–तिहार अवधिमा सडक दुर्घटना तथा मानवीय

ढोरपाटनको सहायक गन्तव्य जलजला

म्याग्दी– धवलागिरि गाउँपालिका–२ मा रहेको जलजला ढोरपाटन सिकार आरक्षको सहायक