प्रोटोन ई.मास ५ बन्यो मलेसियाको सर्वाधिक बिक्री हुने ईभी « Khabarhub

प्रोटोन ई.मास ५ बन्यो मलेसियाको सर्वाधिक बिक्री हुने ईभी


३० कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मलेसियाको विद्युतीय सवारी बजारमा प्रोटोन ई.मास ५ ले अक्टोबर २०२६ मा उल्लेखनीय सफलता हासिल गरेको छ । 

अक्टोबर महिनामा प्रोटोन ई.मास ५ का २,२६२ वटा सवारी दर्ता भएका छन्, जसले मलेसियाको कुल ईभी बजारको ४९.३ प्रतिशत हिस्सा ओगटेको छ । 

उक्त महिनामा मलेसियामा कुल ४,५९२ वटा विद्युतीय सवारी दर्ता भएका थिए, जुन सेप्टेम्बरको तुलनामा २३.८ प्रतिशतले कम र गत फेब्रुअरीयताकै सबैभन्दा न्यून मासिक दर्ता हो । यसैगरी, प्रोटोन ई.मास ७ का ५५४ वटा सवारी दर्ता भएका छन्। यी दुई मोडलको संयुक्त दर्ता कुल ईभी दर्ताको ६१.३ प्रतिशत रहेको कम्पनीको दाबी छ ।

यसैबीच, अक्टोबरमा हाइब्रिड सवारीको दर्ता संख्या ५,०२३ पुगेको छ, जुन यस वर्ष दोस्रो पटक पूर्ण विद्युतीय सवारीको दर्ताभन्दा बढी हो । 

नेपालमा भने शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्स प्रा. लि. ले प्रोटोनको आधिकारिक वितरकका रूपमा यसका विद्युतीय सवारी नेपाली उपभोक्तामाझ उपलब्ध गराउँदै आएको छ ।

कम्पनीका अनुसार प्रोटोन ई.मास ५ प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छन् । नेपालको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि सेगमेन्टमै पहिलो रियर-ह्विल ड्राइभ लेआउट रहेको ई.मास ५ मा ४.९५ मिटरको टर्निङ रेडियस, रियर मल्टि-लिंक सस्पेन्सन, ८५ किलोवाटको मोटर, ४० किलोवाटआवरको सिएटिएल एलएफपि ब्याट्री र भेहिकल-टु-लोड (भि-टु-एल) क्षमता रहेको छ । ७० लिटरको फ्रन्ट ट्रंक (फ्रङ्क), ३७५ लिटरसम्म विस्तार गर्न सकिने पछाडिको लगेज स्पेस र ३२ वटा स्टोरेज कम्पार्टमेन्टले यसको व्यावहारिक उपयोगितालाई थप बढाउँछन् । यसका साथै, १४.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो सुविधा उपलब्ध छन् । हाल ई.मास ५ को मूल्य रू. ३२.९९ लाखबाट सुरू हुन्छ ।

प्रोटोन ई.मास ७ प्राइम र प्रिमियम भेरियन्टमा उपलब्ध छ । यसमा ४१० किलोमिटरसम्मको डब्लुएलटिपि रेन्ज दिने एजिस सर्ट ब्लेड ब्याट्री प्रविधि, १२-इन-१ इन्टिग्रेटेड मोटर र डीसी फास्ट चार्जिङ सुविधा रहेको छ । यसमा १५.४ इन्चको २.५के टचस्क्रिन, १६ स्पिकरयुक्त फ्लाइम साउन्ड सिस्टम, एप्पल कारप्ले, एन्ड्रोइड अटो, विन्डशील्ड हेड-अप डिस्प्ले (एचयुडि) र भेहिकल-टु-लोड (भि-टु-एल) सुविधा पनि उपलब्ध छन् । हाल ई.मास ७ को मूल्य ४९.९९ लाखबाट सुरू हुन्छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८३, सोमबार  १२ : १६ बजे

आगामी एक साता वर्षाको सम्भावना न्यून, देशभरको मौसम सफा रहने

काठमाडौं– नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी एक

प्रोटोन ई.मास ५ बन्यो मलेसियाको सर्वाधिक बिक्री हुने ईभी

काठमाडौं– मलेसियाको विद्युतीय सवारी बजारमा प्रोटोन ई.मास ५ ले अक्टोबर

सार्वजनिक सञ्चारमाध्यमको बजेट विवादमा चेक गणतन्त्रमा प्रदर्शन

प्राग- सार्वजनिक रेडियो र टेलिभिजनको वित्तीय व्यवस्था परिवर्तन गर्ने सरकारको योजनाविरुद्ध

अमेरिकासँग व्यापार वार्ता नमिले चीनसँग सहकार्य गर्ने कार्नीको संकेत

नोम पेन्ह- क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकासँगको व्यापार वार्ताबाट आफ्नो देशको

एनटी फाइबर इन्टरनेट र मेस एपी अफरको अवधि थपियो

काठमाडौं– नेपाल टेलिकमले ३० एमबीपीएस क्षमताको एनटी फाइबर इन्टरनेट प्याकेज