आगामी एक साता वर्षाको सम्भावना न्यून, देशभरको मौसम सफा रहने « Khabarhub

आगामी एक साता वर्षाको सम्भावना न्यून, देशभरको मौसम सफा रहने


३० कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी एक सातासम्म देशभरको मौसम सफा रहने जनाएको छ । 

आगामी एक सातासम्म देशमा कुनै पनि ठूलो मौसमी प्रणालीको प्रभाव पर्ने नदेखिएको महाशाखाले जनाएको हो ।

कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात बाहेक अन्यत्र ठूलो प्रणालीको असर नरहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् बिनु महर्जनले जानकारी दिइन् ।

उनले पूर्वी मधेस र मध्य मधेसका केही स्थानहरूमा हुस्सु लागेको र जाडो याम सुरु हुँदै गएको हुनाले क्रमशः तापक्रम घट्दो क्रममा रहने उल्लेख गरिन् । 

तराईतिर बिहानपख केही समय हुस्सु लाग्ने क्रम सुरु भइसकेपनि शीतलहर चल्ने अवस्था नरहेको महाशाखाले जनाएको छ । 

प्रकाशित मिति : ३० कार्तिक २०८३, सोमबार  १२ : ३८ बजे

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए शपथ 

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतहरूले

जानकी मन्दिरबाट अमरेशको मेची-महाकाली पदयात्रा सुरु, रविले गरे विदाई

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद अमरेशकुमार सिंहले मेची-महाकाली पदयात्रा सुरु

मंसिरमा पनि बैंकहरूले घटाए मुद्दती निक्षेपको ब्याजदर

काठमाडौँ- बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम पर्याप्त रहेपछि वाणिज्य

आगामी एक साता वर्षाको सम्भावना न्यून, देशभरको मौसम सफा रहने

काठमाडौं– नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी एक

प्रोटोन ई.मास ५ बन्यो मलेसियाको सर्वाधिक बिक्री हुने ईभी

काठमाडौं– मलेसियाको विद्युतीय सवारी बजारमा प्रोटोन ई.मास ५ ले अक्टोबर