मुगु जिप दुर्घटनाका दुई घाइतेलाई थप उपचारका लागि सुर्खेत लगियो « Khabarhub

मुगु जिप दुर्घटनाका दुई घाइतेलाई थप उपचारका लागि सुर्खेत लगियो


३० कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु- मुगुमा जिप दुर्घटनामा परी घाइते भएका दुई जनालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत आज सुर्खेत लगिएको छ ।

काठमाडौँबाट रारा तालतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०१७ च १८६४ नम्बरको जिप आइतबार दुर्घटना हुँदा घाइते भएका चालक ललितपुरका कञ्चन थापा र अञ्जु थापालाई थप उपचारका लागि सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक रविराज थपलियाका अनुसार जिप जिल्लाको छायाँनाथ रारा नगरपालिका–७, टोप्लास्थित सडकबाट करिब ६०० मिटर तल खसेको थियो ।

दुर्घटनामा जिपमा सवार पाँच जनामध्ये तीन जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा काठमाडौँको कलङ्कीका विजय बस्नेत, रमेश पिडारी र पूर्णकुमार थापा रहेका छन् ।

मृतक तीनै जनाको शव जिल्ला अस्पतालमा पोस्टमार्टम गरेपछि आफन्तलाई जिम्मा लगाइने प्रहरी नायब उपरीक्षक थपलियाले जानकारी दिए ।

प्रकाशित मिति : ३० कार्तिक २०८३, सोमबार  १ : ०१ बजे

मानव–वन्यजन्तु सहअस्तित्वको नवीनतम उपाय खोज्न भुटानमा अन्तर्राष्ट्रिय सम्मेलन

काठमाडौँ– मानव र वन्यजन्तुबीच बढ्दो द्वन्द्व न्यूनीकरण गर्दै सहअस्तित्वका लागि

सी, ट्रम्प र पुटिनबीच नोभेम्बर १९ मा त्रिपक्षीय शिखर बैठक हुने

बेइजिङ- चीनले राष्ट्रपति सी जिनपिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी

दैलेखमा पेट्रोलियम अन्वेषण पूरा भए पनि व्यावसायिक उत्खननको प्रतीक्षामा (तस्बिरहरू)

काठमाडौं– नेपालको पेट्रोलियम पदार्थ तथा प्राकृतिक ग्यासको सम्भावित भण्डारका रूपमा

मुगु जिप दुर्घटनाका दुई घाइतेलाई थप उपचारका लागि सुर्खेत लगियो

मुगु- मुगुमा जिप दुर्घटनामा परी घाइते भएका दुई जनालाई थप उपचारका

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए शपथ 

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतहरूले