म्याक्स टाइगरको दशैं धमाकाले ल्यायो खुसी, प्रदीपलाई कारसँगै २८ जनालाई बाइक र स्कुटर « Khabarhub

म्याक्स टाइगरको दशैं धमाकाले ल्यायो खुसी, प्रदीपलाई कारसँगै २८ जनालाई बाइक र स्कुटर


३० कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एउटा क्यान, अनि भाग्य चम्काउने अवसर ! म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘दशैं धमाका २०२६’ अभियानले उपभोक्तालाई आकर्षक पुरस्कार जित्ने अवसरसँगै नयाँ उत्साह थपेको छ । यसै अभियानमार्फत नुवाकोटको ककनीका प्रदीप लामाले बम्पर पुरस्कारस्वरूप प्रोटोन कार जितेका छन् । त्यस्तै, देशका विभिन्न स्थानका २८ जना भाग्यशाली उपभोक्ताले मोटरसाइकल र स्कुटर जितेका छन् ।

‘एउटा क्यानबाटै यति ठूलो पुरस्कार जितिएला भन्ने कल्पनासमेत गरेको थिएनँ । कार जितेको खबर सुन्दा सुरुमा त विश्वास नै लागेन । यो मेरो मात्र होइन, मेरो परिवारका लागि पनि निकै खुसीको क्षण हो । म्याक्स टाइगरलाई धेरै धन्यवाद दिन चाहन्छु ।’ खुसी हुँदै कार विजेता प्रदीप लामाले बताए ।

कम्पनीका अनुसार अभियानअन्तर्गत हालसम्म १६ जनाले मोटरसाइकल र १२ जनाले स्कुटर प्राप्त गरिसकेका छन् ।

मोटरसाइकल जित्ने भाग्यशाली उपभोक्ताहरूमा विराटनगरका समुद्र पोखरेल, बिर्तामोडका तेजनारायण सिंह, जनकपुरका कुटाल्या कुमार सिंह, बर्दिबासका केशव दाहाल, लालबन्दीका गणेश थापा र लहानका रुपेश महतो रहेका छन् । त्यस्तै, बुटवलका रिधम गुरुङ, दाङका राजेन्द्र शर्मा र लीलाधर भण्डारी, धनगढीका मोहन श्रेष्ठ, काठमाडौंका विनोद ढुंगेल र सुमन कर्माचार्य, बनेपाका राजकुमार तामाङ, धादिङका सञ्जोग रिमाल, काभ्रेका सोमबहादुर दुलाल तथा वीरगञ्जका रमेश बस्नेतले पनि मोटरसाइकल जितेका छन् ।

स्कुटर जित्ने भाग्यशाली उपभोक्ताहरूमा धरानका अनोजकुमार अधिकारी, भैरहवाका दिनेश यादव, बुटवलका नरबहादुर फौगाद, चितवनका गोकर्ण काप्री, पोखराका नोडराज रेग्मी र अनिशा मिजार रहेका छन् । यसैगरी, सुर्खेतका किशोरजंग शाह र झक्कड थापामगर, नेपालगञ्जका लक्ष्मण केसी, धनगढीका अजयकुमार गुप्ता, हेटौंडाकी सुनिता मगराती तथा सिमराका सुधीरकुमार यादवले पनि स्कुटर जितेका छन् ।

म्याक्स टाइगरले ‘दशैं धमाका २०२६’ अभियानअन्तर्गत कुल १८ वटा मोटरसाइकल, १८ वटा स्कुटर र एउटा प्रोटोन कार बम्पर पुरस्कारका रूपमा राखेको थियो । तीमध्ये हालसम्म २८ जना उपभोक्ताले मोटरसाइकल तथा स्कुटर जितिसकेका छन् भने अझै आठ जना भाग्यशाली उपभोक्ताका लागि मोटरसाइकल र स्कुटर जित्ने अवसर बाँकी छ ।

कम्पनीका अनुसार ‘दशैं धमाका २०२६’अभियानले उपभोक्तालाई मनोरञ्जनसँगै आकर्षक पुरस्कार जित्ने अवसर प्रदान गर्दै आएको छ । अझै पनि एउटा क्यानबाटै भाग्य चम्काउने अवसर बाँकी रहेकाले कम्पनीले उपभोक्तालाई अभियानमा सहभागी हुन आग्रह गरेको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८३, सोमबार  २ : ०१ बजे

टर्कीका विद्यालयमा मन्त्री पोखरेलको अवलोकन : बालमैत्री र हरित शिक्षाका अभ्यासबारे चासो

काठमाडौँ– संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१)

म्याक्स टाइगरको दशैं धमाकाले ल्यायो खुसी, प्रदीपलाई कारसँगै २८ जनालाई बाइक र स्कुटर

काठमाडौं– एउटा क्यान, अनि भाग्य चम्काउने अवसर ! म्याक्स टाइगर

तमोरको बगरमा ड्रागन फ्रुट खेती गरेका किशोर भन्छन्- वार्षिक १५ लाख बढी आम्दानी हुन्छ

धनकुटा– उपयुक्त बाली छनोट, प्रविधिको प्रयोग र बजारको सम्भावना पहिचान

मानव–वन्यजन्तु सहअस्तित्वको नवीनतम उपाय खोज्न भुटानमा अन्तर्राष्ट्रिय सम्मेलन

काठमाडौँ– मानव र वन्यजन्तुबीच बढ्दो द्वन्द्व न्यूनीकरण गर्दै सहअस्तित्वका लागि

सी, ट्रम्प र पुटिनबीच नोभेम्बर १९ मा त्रिपक्षीय शिखर बैठक हुने

बेइजिङ- चीनले राष्ट्रपति सी जिनपिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी