बागमतीलाई योगमय प्रदेश घोषणा गर्छाैँ : मुख्यमन्त्री थापा « Khabarhub

बागमतीलाई योगमय प्रदेश घोषणा गर्छाैँ : मुख्यमन्त्री थापा


३० कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बागमती प्रदेशलाई योगमय प्रदेश घोषणा गरिने बताएका छन् ।

डोलेश्वर मन्दिर पातञ्जल योग साधना केन्द्रको दोश्रो वार्षिकोत्सव कार्यक्रममा उनले प्रदेशका १३ जिल्लालाई योगमय बनाउन प्रदेश सरकारले कार्यक्रम ल्याउन लागेको जानकारी दिए ।

मुख्यमन्त्री थापा मगरले भने, ‘योग साधना गर्ने पतञ्जली र जीवन विज्ञान सबैलाई केमा सहयोग आवश्यक छ, त्यो गर्न प्रदेश सरकार तयार छ । यो प्रदेशलाई योग साधना प्रदेश घोषणा गर्ने तयारीमा छौँ, त्यसका लागि तपाईँहरू लाग्नुस् ।’

उनले सार्वजनिक भवन, विद्यालय, सामुदायिक भवनलगायतका क्षेत्रहरूमा बिहानको समयमा योग साधना सञ्चालन गर्नु पर्ने आवश्यकता औँल्याए ।

मुख्यमन्त्री थापाले भने, ‘प्रदेश सरकारले यस वर्ष जनस्वास्थ्य कार्यालय मार्फत योगका लागि केही बजेट राखेका छौँ, तर त्यो बजेटबाट पातञ्जल योग, पतञ्जली योग, जीवन विज्ञानलगायत योगमा सक्रिय संस्थाहरूमार्फत योगको विकासका लागि खर्च गरिने छ ।’ उनले डोलेश्वरमा धर्मशाला बनेपछि स्थायी रुपमा योग गर्न निकै सहज हुने बताए ।

कार्यक्रममा सूर्यविनायक नगरपालिका–८ वडाध्यक्ष पुष्पराज बस्नेत, पातञ्जल योग केन्द्रीय समितिका अध्यक्ष बालमुकुन्द सुवाल, केन्द्रीय महासचिव नवराज काफ्लेलगायतले योग साधनाको महत्त्व र यसले मानव जीवनलाई स्वास्थ्य तुल्याउन पुर्‍याउने योगदानबारे चर्चा गरे ।

प्रकाशित मिति : ३० कार्तिक २०८३, सोमबार  २ : २९ बजे

बागमतीलाई योगमय प्रदेश घोषणा गर्छाैँ : मुख्यमन्त्री थापा

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बागमती प्रदेशलाई योगमय

एनपीएल तेस्रो संकरण : विराटनगर, कर्णाली, जनकपुर र पोखराको प्रदर्शन कस्तो रह्यो ?

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको लिग चरणका

टर्कीका विद्यालयमा मन्त्री पोखरेलको अवलोकन : बालमैत्री र हरित शिक्षाका अभ्यासबारे चासो

काठमाडौँ– संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१)

म्याक्स टाइगरको दशैं धमाकाले ल्यायो खुसी, प्रदीपलाई कारसँगै २८ जनालाई बाइक र स्कुटर

काठमाडौं– एउटा क्यान, अनि भाग्य चम्काउने अवसर ! म्याक्स टाइगर

तमोरको बगरमा ड्रागन फ्रुट खेती गरेका किशोर भन्छन्- वार्षिक १५ लाख बढी आम्दानी हुन्छ

धनकुटा– उपयुक्त बाली छनोट, प्रविधिको प्रयोग र बजारको सम्भावना पहिचान