एनपीएल फाइनल प्रवेशका लागि रोहित र दीपेन्द्र भिड्दै : कसको हाेला जित ? « Khabarhub

एनपीएल फाइनल प्रवेशका लागि रोहित र दीपेन्द्र भिड्दै : कसको हाेला जित ?


३० कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको लिग चरण सकिएसँगै फाइनल प्रवेशका लागि हुने ‘क्वालिफायर–१’ को समीकरण पूरा भएको छ । अंक तालिकाको शीर्ष दुई स्थानमा रहेका साबिक विजेता लुम्बिनी लायन्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्सबीच मंगलबार क्वालिफायर–१ मा भिड्दै छन्।

रोहितकुमार पौडेलको कप्तानीमा रहेको लुम्बिनी लिग चरणमा सर्वाधिक ११ अंक जोड्दै शीर्ष स्थानमा रहेर क्वालिफायर–१ मा पुगेको हो । सात खेल खेलेको लुम्बिनीले पाँचमा जित र एकमा हार बेहोर्दा वर्षाका कारण रद्द भएको एक खेलबाट अंक बाँडेको थियो ।

दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा रहेको सुदूरपश्चिम १० अंकसहित तालिकाको दोस्रो स्थानमा रहँदै क्वालिफायर–१ का लागि छनोट भएको हो । सुदूरपश्चिमले सात खेलमध्ये पाँचमा जित निकाल्दा दुई खेलमा पराजय बेहोरेको थियो ।

मंगलबार हुने पहिलो क्वालिफायर को विजेता टोली सिधै फाइनलमा प्रवेश गर्नेछ । पराजित हुने टोलीले भने फाइनल प्रवेशका लागि अर्को एक मौका पाउनेछ । उक्त टोलीले बुधबार तेस्रो स्थानको काठमान्डु गोर्खाज र चौथो स्थानको चितवन राइनोज बीच हुने इलिमिनेटर खेलको विजेतासँग बिहीबार ‘क्वालिफायर–२’ खेल्नेछ ।

ब्याटिङ र बलिङ दुवै विभागमा सन्तुलित प्रदर्शन गर्दै उपाधि रक्षाको अभियानमा रहेको लुम्बिनी लगातार दोस्रोपटक फाइनल पुग्ने दाउमा छ । अर्कोतर्फ, अघिल्ला दुवै संस्करणको फाइनल खेलेर पनि उपाधि उचाल्न नसकेको सुदूरपश्चिम लगातार तेस्रोपटक प्ले–अफ खेल्दै यसपटक ट्रफी उचाल्ने लक्ष्यका साथ मैदान उत्रनेछ ।

प्रकाशित मिति : ३० कार्तिक २०८३, सोमबार  २ : ५६ बजे

आईसीसी अध्यक्षमा जय शाहको कार्यकाल २०३० सम्म लम्बियो

काठमाडौँ – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले कार्यकाल सकिन एक

एनपीएल फाइनल प्रवेशका लागि रोहित र दीपेन्द्र भिड्दै : कसको हाेला जित ?

काठमाडौँ – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको

अटो दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ४ पुग्यो, चालक नियन्त्रणमा

बझाङ– बुङ्गल नगरपालिका–१० टुमेडास्थित भित्री कच्ची सडक खण्डमा अटो दुर्घटना

मुस्ताङको ठिनी खोला पुल उद्घाटन

मुस्ताङ– जिल्लाको घरपझोङ गाउँपालिकाको पाँचै वडा जोड्ने चक्रपथ सडकअन्तर्गत ठिनी

बागमतीलाई योगमय प्रदेश घोषणा गर्छाैँ : मुख्यमन्त्री थापा

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बागमती प्रदेशलाई योगमय