भीमफेदी दुर्घटनाका पीडित परिवार र घाइतेसँग सभामुखको भेट « Khabarhub

भीमफेदी दुर्घटनाका पीडित परिवार र घाइतेसँग सभामुखको भेट


३० कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– सभामुख डोलप्रसाद (डीपी) अर्यालले भीमफेदी सवारी दुर्घटनामा ज्यान गुमाउनेका परिवार, आफन्त तथा घाइतेहरूसँग भेटघाट गरेका छन् । 

सभामुख अर्यालले सोमबार सर्लाही पुगेर दुर्घटनामा ज्यान गुमाउनेका परिवार तथा आफन्त र घाइतेहरूसँग भेट गरी उनीहरूको अवस्था र समस्याबारे जानकारी लिएका हुन् ।

भेटघाटका क्रममा सभामुख अर्यालले दुर्घटनामा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

दुर्घटनाबाट प्रभावित परिवार तथा घाइतेहरूलाई राज्यका तर्फबाट उचित राहत, सहयोग र उपचारको व्यवस्था मिलाउन आवश्यक पहल गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् ।

गत कात्तिक २६ गते काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको विद्युतीय माइक्रोबस मकवानपुरको भीमफेदीमा दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा परी १४ जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए ।

प्रकाशित मिति : ३० कार्तिक २०८३, सोमबार  ३ : २३ बजे

स्थानीय चुनावको पूर्वतयारी भन्दै एमालेले आयोजना गर्‍यो राष्ट्रिय भेला

काठमाडौं– नेकपा एमालेले आगामी स्थानीय तह निर्वाचनको व्यवस्थित पूर्वतयारीका लागि

पर्दामा अनमोलको चर्चा, हिमालमा आमाको साहसिक सफलता!

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा अहिले अनमोल केसीको चर्चा छ। तर,

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत दलेलाको शिष्टाचार भेट

काठमाडौँ- परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर

भीमफेदी दुर्घटनाका पीडित परिवार र घाइतेसँग सभामुखको भेट

सर्लाही– सभामुख डोलप्रसाद (डीपी) अर्यालले भीमफेदी सवारी दुर्घटनामा ज्यान गुमाउनेका

आईसीसी अध्यक्षमा जय शाहको कार्यकाल २०३० सम्म लम्बियो

काठमाडौँ – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले कार्यकाल सकिन एक