स्थानीय चुनावको पूर्वतयारी भन्दै एमालेले आयोजना गर्‍यो राष्ट्रिय भेला « Khabarhub

स्थानीय चुनावको पूर्वतयारी भन्दै एमालेले आयोजना गर्‍यो राष्ट्रिय भेला


३० कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेले आगामी स्थानीय तह निर्वाचनको व्यवस्थित पूर्वतयारीका लागि राष्ट्रिय भेलाको आयोजना गरिएको जनाएको छ ।  

सोमबार पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै एमालेले आगामी स्थानीय तह निर्वाचनको व्यवस्थित पूर्वतयारी, पार्टीपङ्क्तिमा पार्टीको निर्णय, राजनीतिक बुझाइ र दृष्टिकोणमा एकरूपता निर्माण गरेर वैचारिक तथा सङ्गठनात्मक एकतालाई सुदृढ बनाउन मङ्सिर २ र ३ गते काठमाडौंमा राष्ट्रिय भेला आयोजना गरिएको जनाएको हो । 

मुलुकमा पछिल्लो अवस्थामा देखिएको कुशासन र निराशालाई चिर्दै  नयाँ आशा र ऊर्जा सञ्चार गर्ने भेलाको मुख्य उद्देश्य रहेको एमालेले जनाएको छ ।

राष्ट्रिय भेलामा पार्टीको मूल नेतृत्वदेखि पालिका तहका कमिटीसम्म र पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधि समेत कूल ३ हजार ४ सय १४ जनाको सहभागिता रहने एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यले जानकारी दिए ।

भेलामा उपाध्यक्ष रामबहादुर थापाद्वारा संसदीय सङ्घर्षसम्बन्धी अभिभारा, उपाध्यक्ष विष्णुप्रसाद पौडेलद्वारा एमाले सरकारमा रहँदा गरिएका  महत्वपूर्ण कामहरु तथा उपलब्धिहरुको समीक्षा र महासचिव शंकर पोखरेलले पार्टी शुद्धीकरण, सुदृढीकरण तथा स्थानीय निर्वाचन कार्ययोजना प्रस्तुत गर्ने उनले बताए । 

त्यस्तै भेलामा अध्यक्ष केपी शर्मा ओलीले मुलुकको वर्तमान राजनीतिक अवस्थाको विश्लेषण, पार्टीको दृष्टिकोण र आगामी कार्यदिशा, पार्टीका ‘दुई प्रमुख कार्यभार र गर्नुपर्ने पन्ध्र काम’सहितको वैचारिक तथा राजनीतिक मार्गदर्शन प्रस्तुत गर्ने आचार्यले बताए । 

त्यसैगरि पार्टीका वरिष्ठ नेता, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको समसामयिक विषय र पार्टीको कार्यभार सम्बन्धी विशेष सम्बोधन गर्ने तय भएको उनले जानकारी दिइन् । 

भेला सञ्चालनका लागि आवश्यक हल व्यवस्थापन तथा आन्तरिक सुरक्षा प्रबन्धलाई अत्यन्त सुव्यवस्थित बनाइएको र १०० जना स्वयंसेवकहरूले भेला स्थल र सहभागीहरूको सुरक्षा व्यवस्थापनको जिम्मेवारी सम्हाल्ने एमालेले जनाएको छ । 

प्रकाशित मिति : ३० कार्तिक २०८३, सोमबार  ३ : ३८ बजे

कात्तिकमा सवारी नियम उल्लङ्घन गर्ने १२ हजार ९६७ चालक कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने १२ हजार ९६७ जना

ठूला सहर छाडेर गाउँ-बस्तीमा गुञ्जिँदै नेपथ्य, चार स्थानमा कन्सर्ट गर्ने

काठमाडौं– ठूला सहरका मञ्चमा दर्शकको मन जित्दै आएको लोकप्रिय ब्याण्ड

स्थानीय चुनावको पूर्वतयारी भन्दै एमालेले आयोजना गर्‍यो राष्ट्रिय भेला

काठमाडौं– नेकपा एमालेले आगामी स्थानीय तह निर्वाचनको व्यवस्थित पूर्वतयारीका लागि

पर्दामा अनमोलको चर्चा, हिमालमा आमाको साहसिक सफलता!

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा अहिले अनमोल केसीको चर्चा छ। तर,

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत दलेलाको शिष्टाचार भेट

काठमाडौँ- परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर