एनपीएलमा बलिङ जादु : को को हुन् सर्वाधिक १२ विकेट लिने चार खेलाडी ? « Khabarhub

एनपीएलमा बलिङ जादु : को को हुन् सर्वाधिक १२ विकेट लिने चार खेलाडी ?


३० कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणका खेल समाप्त हुँदा सर्वाधिक विकेट लिने बलरको शीर्ष स्थानमा चार खेलाडीबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

लिग चरणको समाप्तिसम्म चितवन राइनोजका कमलसिंह ऐरी र रिजन ढकाल, जनकपुर बोल्ट्सका राहुल यादव तथा काठमान्डु गोर्खाजका विदेशी खेलाडी जहन्दार खानले समान १२–१२ विकेट लिँदै शीर्ष चार स्थान ओगटेका हुन् ।

बलिङ औसत र इकोनोमीका आधारमा चितवनका तीव्र गतिका बलर कमलसिंह ऐरी पहिलो स्थानमा छन् । ६ खेलमा १८ ओभर बलिङ गरेका उनले ५.७२ को किफायती इकोनोमीमा १०३ रन खर्चेर १२ विकेट लिएका हुन् । सोही टोलीका अर्का बलर रिजन ढकाल ६ खेलमा १९ ओभर बलिङ गर्दै १२६ रन खर्चेर १२ विकेटसहित दोस्रो स्थानमा छन् । चितवनलाई प्लेअफसम्म पुर्‍याउन यी दुई बलरको जोडीको प्रदर्शन निर्णायक रह्यो ।

त्यस्तै, जनकपुरका राहुल यादव र काठमान्डुका जहन्दार खानले समान ७ खेल खेल्दै १२–१२ विकेट हात पारे । उत्कृष्ट बलिङ प्रदर्शनका क्रममा खानले २३ रन खर्चेर ४ विकेट लिएका थिए भने ढकालले २४, ऐरीले २६ र यादवले ३१ रन खर्चेर समान ४–४ विकेट लिएका छन् ।

सर्वाधिक विकेट लिने सूचीको पाँचौँ र छैटौँ स्थानमा समान ११–११ विकेट लिएका जनकपुरका हरमीत सिंह र कर्णाली याक्सका मार्क वाट रहेका छन् । सुदूरपश्चिम रोयल्सका अविनाश खरेल तथा कर्णालीका हुसेन तलात र कप्तान सोमपाल कामीले समान १०–१० विकेट लिएका छन् ।

यस सिजनको लिग चरणमा एकै इनिङ्समा ६ विकेट लिने कीर्तिमान भने विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेको नाममा मात्र रह्यो । उनले एक खेलमा २७ रन खर्चेर ६ विकेट लिएका थिए । समग्रमा ७ खेल खेलेका लामिछानेको नाममा कुल ७ विकेट छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८३, सोमबार  ३ : ५५ बजे

१३ करोडको आँकडा छुन लाग्यो ‘कबड्डी ५’, तर किन सुस्तायो कमाइको रफ्तार ?

काठमाडौं– नेपाली फिल्म ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’

जङ्गली हात्तीको आक्रमणबाट चौधरीको मृत्यु

सप्तरी– जङ्गली हात्तीको आक्रमणबाट ७० वर्षीय गोपी चौधरीको मृत्यु भएको

एनपीएलमा बलिङ जादु : को को हुन् सर्वाधिक १२ विकेट लिने चार खेलाडी ?

काठमाडौँ – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणका

कात्तिकमा सवारी नियम उल्लङ्घन गर्ने १२ हजार ९६७ चालक कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने १२ हजार ९६७ जना

ठूला सहर छाडेर गाउँ-बस्तीमा गुञ्जिँदै नेपथ्य, चार स्थानमा कन्सर्ट गर्ने

काठमाडौं– ठूला सहरका मञ्चमा दर्शकको मन जित्दै आएको लोकप्रिय ब्याण्ड