एनपीएल सर्वाधिक रनमा युवराज, लोकेश, कुशललाई पछ्याउँदै राशिद : कसको ब्याट कति चल्यो ? « Khabarhub

एनपीएल सर्वाधिक रनमा युवराज, लोकेश, कुशललाई पछ्याउँदै राशिद : कसको ब्याट कति चल्यो ?


३० कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरण समाप्त हुँदा सर्वाधिक रन बनाउने ब्याटरको शीर्ष तीन स्थानमा लिग चरणबाटै बाहिरिएका टोलीका खेलाडीको वर्चस्व रहेको छ ।

लिग चरणको समाप्तिसम्म पोखरा एभेन्जर्सका क्यानेडियन ब्याटर युवराज साम्रा, विराटनगर किङ्सका लोकेश बम र पोखराकै कुशल भुर्तेल शीर्ष तीन स्थानमा छन् ।

चार खेल खेलेका साम्रा ७३.५० को सानदार औसत र १७९.२६ को विस्फोटक स्ट्राइक रेटमा २९४ रन जोड्दै तालिकाको शीर्ष स्थानमा छन् । यस सिजनको लिग चरणमा शतक प्रहार गर्ने एक मात्र ब्याटरसमेत रहेका साम्राले एक शतक र दुई अर्धशतकसहित सर्वाधिक २९ चौका र १६ छक्का प्रहार गरेका छन् ।

विराटनगरका लोकेश बम ७ खेलमा २४२ रन बनाउँदै दोस्रो स्थानमा छन् । दुई अर्धशतक प्रहार गरेका उनले ८७ रनको उच्च स्कोर बनाउँदा प्रतियोगिताकै सर्वाधिक १८ छक्का र १६ चौका प्रहार गरेका छन् । तेस्रो स्थानमा रहेका पोखराका कुशल भुर्तेलले ७ खेलमा २३५ रन जोडे । लिग चरणको अन्तिम खेलमा शतकबाट मात्र एक रनले चुकेका भुर्तेलले दुई अर्धशतकसहित १७ चौका र १५ छक्का प्रहार गरे ।

प्लेअफमा स्थान बनाएका टोलीतर्फ काठमान्डु गोर्खाजका रासिद खान ७ खेलमा १८६ रन बनाउँदै समग्र सूचीको चौथो स्थानमा छन् । चितवन राइनोजका अनुभवी ब्याटर रवि बोपारा ५ खेलमा १८४ रनसहित पाँचौँ तथा कर्णाली याक्सका आरिफुल इस्लाम १८२ रनसहित छैटौँ स्थानमा रहेका छन् ।

त्यस्तै, कर्णालीका पवन सर्राफ १६७ रनसहित सातौँ स्थानमा रहँदा प्लेअफ पुगेको सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी ७ खेलमा दुई अर्धशतकसहित १५० रन जोड्दै आठौँ स्थानमा छन् । चितवनका डेविड मलान १४९ रनसहित नवौँ र शीर्ष स्थानमा रहेर प्ले–अफ पुगेको लुम्बिनी लायन्सका डार्सी सर्ट १४८ रनका साथ दसौँ स्थानमा रहेका छन् ।

प्रकाशित मिति : ३० कार्तिक २०८३, सोमबार  ४ : २५ बजे

नेपालको ऋण मुक्तिको सङ्कल्पले महालक्ष्मी विशेष साधना

काठमाडौँ– नेपाल महर्षि वैदिक फाउण्डेशनले राष्ट्र ऋण मुक्त गरी समृद्धिको

मोटरसाइकलको ठक्करबाट युवकको मृत्यु, चालक पक्राउ

जनकपुरधाम– धनुषाको जनकपुरधाम उपमहानगरपालिका-१९ कठाइतमा मोटरसाइकलको ठक्करबाट एक युवकको मृत्यु

यौन हिंसासम्बन्धी प्रस्तावित विधेयकमा थप सुधारको आवश्यकता

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले यौन हिंसासम्बन्धी तयार

एनपीएल सर्वाधिक रनमा युवराज, लोकेश, कुशललाई पछ्याउँदै राशिद : कसको ब्याट कति चल्यो ?

काठमाडौँ – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरण

सहयोग रकम बुझ्दै महावीरले भने- दैवी प्रकोप उद्धार कोषको पैसा दुरुपयोग हुँदैन

काठमाडौं– विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले प्रधानमन्त्री दैवी