१३ करोडको आँकडा छुन लाग्यो ‘कबड्डी ५’, तर किन सुस्तायो कमाइको रफ्तार ? « Khabarhub

१३ करोडको आँकडा छुन लाग्यो ‘कबड्डी ५’, तर किन सुस्तायो कमाइको रफ्तार ?


३० कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली फिल्म ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ ले बक्स अफिसमा बलियो उपस्थिति देखाए पनि पछिल्लो समय यसको व्यापारको गति भने खस्किँदै गएको छ । प्रदर्शनको सुरुआती दिनमा दर्शकको उल्लेख्य साथ पाएको फिल्मको कमाइ अहिले निकै सुस्ताएको छ । यद्यपि, कुल व्यापार १३ करोड रुपैयाँको नजिक पुगेको छ ।

चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्स अफिस विवरणअनुसार रामबाबु गुरुङ निर्देशित फिल्मले आइतबारसम्म १२ करोड ९४ लाख १५ हजार ४३७ रुपैयाँ ग्रस कमाइ गरेको छ । यस अवधिमा फिल्मका ४ लाख २२ हजार ८९० टिकट बिक्री भएका छन् ।

कात्तिक ६ गते प्रदर्शनमा आएको फिल्मले सुरुआती १० दिनमै १० करोड रुपैयाँभन्दा बढी कमाएको थियो। तर, त्यसपछिको व्यापारले भने सुरुआती गति कायम राख्न सकेन ।

पहिलो १० दिनमा दैनिक औसत एक करोड रुपैयाँभन्दा बढी कमाएको फिल्मको कमाइ त्यसपछिको सात दिनमा दैनिक औसत २३ लाख रुपैयाँमा झर्‍यो। पछिल्लो एक सातामा त दैनिक औसत कमाइ करिब ७ लाख ७५ हजार रुपैयाँमा सीमित भएको छ।

अर्थात्, फिल्मले पछिल्लो सात दिनमा जम्मा ५४ लाख २३ हजार रुपैयाँ थपेको छ। यसले दर्शकको सुरुआती आकर्षण क्रमशः घट्दै गएको संकेत गर्छ।

फिल्मको व्यापार सुस्ताउनुमा दर्शकबाट प्राप्त औसत प्रतिक्रिया र बलिउड फिल्म ‘रामायण’को प्रदर्शनलाई मुख्य कारण मानिएको छ। नयाँ फिल्मको आकर्षण र दर्शकको रोजाइमा आएको परिवर्तनले पनि यसको व्यापार प्रभावित भएको देखिन्छ।

तर, कमाइको गति घटे पनि ‘कबड्डी ५’को समग्र उपलब्धि कमजोर भने छैन। यस वर्ष सर्वाधिक व्यापार गर्ने नेपाली फिल्मको सूचीमा यो दोस्रो स्थानमा छ।

फिल्ममा दयाहाङ राई, विपिन कार्की, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ, सिर्जना गुरुङ र मिरुना मगरलगायत कलाकारको अभिनय रहेको छ। सुरुआती व्यापारले ठूलो अपेक्षा जगाएको फिल्मले अब १३ करोडको आँकडा पार गर्छ कि गर्दैन भन्ने चासो भने कायम छ।

प्रकाशित मिति : ३० कार्तिक २०८३, सोमबार  ४ : ०० बजे

इनम सापकोटा प्रकरणमा एमालेले भन्यो- प्रधानमन्त्रीका नाममा सबैलाई आतङ्कित बनाउन खोजियो

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले इनम सापकोटा प्रकरणको अनुसन्धान

१३ करोडको आँकडा छुन लाग्यो ‘कबड्डी ५’, तर किन सुस्तायो कमाइको रफ्तार ?

काठमाडौं– नेपाली फिल्म ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’

जङ्गली हात्तीको आक्रमणबाट चौधरीको मृत्यु

सप्तरी– जङ्गली हात्तीको आक्रमणबाट ७० वर्षीय गोपी चौधरीको मृत्यु भएको

एनपीएलमा बलिङ जादु : को को हुन् सर्वाधिक १२ विकेट लिने चार खेलाडी ?

काठमाडौँ – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणका

कात्तिकमा सवारी नियम उल्लङ्घन गर्ने १२ हजार ९६७ चालक कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने १२ हजार ९६७ जना