काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले इनम सापकोटा प्रकरणको अनुसन्धान रहस्यपूर्ण देखिएको बताएका छन् ।
सोमबार पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले इनम सापकोटा प्रकरणको अनुसन्धान पारदर्शी नदेखिएको र थप रहस्यपूर्ण देखिएको बताएका हुन् । उनले इनम सापकोटा प्रकरणमा राज्यको असम्भावित हस्तक्षेप समेत देखिएको उल्लेख गरे ।
पछिल्लो समय प्रधानमन्त्रीका नाममा सबै क्षेत्रलाई आतङ्कित बनाउन खाजेको र प्रधानमन्त्रीका सल्लाहकारले प्रहरीले नियन्त्रणमा लिएको मोबाइल दुई दिनसम्म राखेको कुरा पनि बाहिर आएको बताए ।
लोकतन्त्रमा जनता सार्वभौम हुने भएपनि जनप्रतिनिधिमूलक निकायप्रति कार्यकारी उत्तरदायी हुन नसकेको उनले आरोप लगाए ।
महासचिव पोखरेलले दलको नेता भए पनि दलको बैठकको अध्यक्षता नगर्ने, पार्टीका वरिष्ठ नेता भए पनि पार्टीका बैठकमा नजाने र राजनीतिक दलहरूसँग संवाद नगर्ने परिदृश्य देखिएको धारणा राखे ।














प्रतिक्रिया