काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को अध्यक्षमा पुनः चयन भएका जय शाहलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।
सोमबार इन्डोनेसियाको बालीमा बसेको आईसीसी सञ्चालक समितिको बैठकबाट सन् २०३० सम्मका लागि दोस्रो कार्यकालमा निरन्तरता पाएपछि क्यानले सामाजिक सञ्जालमार्फत शाहलाई बधाई ज्ञापन गरेको हो।
क्यानले विश्व क्रिकेटलाई अझ उचाइमा पुर्याउन शाहको कुशल नेतृत्व र निरन्तर सफलताको कामना गरेको छ। साथै, उनको कार्यकालले एसोसिएट तथा सबै सदस्य राष्ट्रहरूमा क्रिकेटको विकासका लागि थप प्रगति, सुदृढ सुशासन, उत्कृष्ट संरचना र बृहत् अवसरहरू भित्र्याउने विश्वाससमेत क्यानले व्यक्त गरेको छ।














प्रतिक्रिया