आईसीसी अध्यक्षमा दोहोरिएका शाहलाई क्यानले दियो बधाई « Khabarhub

आईसीसी अध्यक्षमा दोहोरिएका शाहलाई क्यानले दियो बधाई


३० कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को अध्यक्षमा पुनः चयन भएका जय शाहलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।

सोमबार इन्डोनेसियाको बालीमा बसेको आईसीसी सञ्चालक समितिको बैठकबाट सन् २०३० सम्मका लागि दोस्रो कार्यकालमा निरन्तरता पाएपछि क्यानले सामाजिक सञ्जालमार्फत शाहलाई बधाई ज्ञापन गरेको हो।

क्यानले विश्व क्रिकेटलाई अझ उचाइमा पुर्‍याउन शाहको कुशल नेतृत्व र निरन्तर सफलताको कामना गरेको छ। साथै, उनको कार्यकालले एसोसिएट तथा सबै सदस्य राष्ट्रहरूमा क्रिकेटको विकासका लागि थप प्रगति, सुदृढ सुशासन, उत्कृष्ट संरचना र बृहत् अवसरहरू भित्र्याउने विश्वाससमेत क्यानले व्यक्त गरेको छ।

प्रकाशित मिति : ३० कार्तिक २०८३, सोमबार  ४ : ४८ बजे

देव र करिश्माको प्रेम र वियोग समेटिएको ‘जे गर तिमी’ सार्वजनिक

काठमाडौँ – अभिनेता देव नेपालीको अभिनय रहेको नयाँ गीत ‘जे

प्रेम, आकर्षण र सम्बन्धमा आउने उतारचढाव देखाउँदै ‘फ्रेन्च किस’को टिजर सार्वजनिक

काठमाडौं– अभिनेता अर्पण थापा निर्देशित फिल्म ‘फ्रेन्च किस’ले टिजर सार्वजनिक

आईसीसी अध्यक्षमा दोहोरिएका शाहलाई क्यानले दियो बधाई

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल

उत्पादन, रोजगारी र लगानी विस्तारमा जोड दिन अर्थमन्त्री वाग्लेको आग्रह

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी

नेपालको ऋण मुक्तिको सङ्कल्पले महालक्ष्मी विशेष साधना

काठमाडौँ– नेपाल महर्षि वैदिक फाउण्डेशनले राष्ट्र ऋण मुक्त गरी समृद्धिको