भक्तपुर– गत भदौ १० गते भोटेकोशीमा आएको बाढीबाट क्षति पुगेका रसुवा, नुवाकोट, धादिङ र चितवन जिल्लामा पुनर्निर्माण तथा पुनः स्थापना लागि प्रदेश सरकारले रु छ अर्ब रकम विनियोजन गरेको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आज भक्तपुरका सञ्चारकर्मीसँग कुरा गर्दै सरकारले अन्य विकास आयोजनाका लागि छुट्याइएको बजेट कटौती गरेर बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण अघि बढाउन उक्त रकम विनियोजन गरेको जानकारी दिए ।
प्रदेश सरकारले विपद्बाट प्रभावित नागरिकको आवास, क्षतिग्रस्त भौतिक संरचना र आधारभूत पूर्वाधारको पुनर्निर्माणलाई प्राथमिकता दिँदै विभिन्न मन्त्रालयका प्रस्तावित विकास बजेटमा कटौती पुनः स्थापना र पुनर्निर्माण अगाडि बढाउन लागेको बताए ।
पुनर्निर्माण र पुनः स्थापनाको काम तत्काल अघि बढाउने बताउँदै मुख्यमन्त्री थापामगरले भने, ‘हामी पीडितलाई न्याय दिन प्रतिबद्ध छौँ । रसुवा बाढीका कारण घरबार विहीन हुनुभएका, आफन्तजन गुमाएकाको भौतिक रूपमा पुनः स्थापना तथा पीडितलाई पर्न सक्ने मनोवैज्ञानिक प्रभाव न्यूनीकरण, नीतिगत क्षमता विकास, अधिकार प्रत्याभूत, उत्तरदायित्व बहनलगायत विषयमा गम्भीर भएर अगाडि बढेका छौँ ।’














प्रतिक्रिया