बेल्जियमका स्टार स्ट्राइकर लुकाकुले लिए संन्यास « Khabarhub

बेल्जियमका स्टार स्ट्राइकर लुकाकुले लिए संन्यास


३० कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बेल्जियमका स्टार स्ट्राइकर रोमेलु लुकाकुले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास घोषणा गरेका छन् ।

३३ वर्षीय लुकाकुले सोमबार सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत राष्ट्रिय टोलीबाट संन्यास लिने निर्णय सार्वजनिक गरेका हुन् । यससँगै बेल्जियमका लागि १६ वर्ष लामो उनको अन्तर्राष्ट्रिय करियर समाप्त भएको छ ।

लुकाकु बेल्जियमका सर्वाधिक गोलकर्ता हुन् । उनले राष्ट्रिय टोलीबाट १३५ खेल खेल्दै कीर्तिमानी ९४ गोल गरेका छन् । उनी पुरुष अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा पाँचौँ स्थानमा छन् ।

‘यी १६ वर्षमा मैले राष्ट्रिय टोलीका लागि आफ्नो सबैथोक दिएँ । मैले हरेक प्रकारका भावना अनुभव गरेँ । अद्भुत साथीहरूसँग खेल्न पाएँ, जसप्रति म सधैँ आभारी रहनेछु,’ लुकाकुले लेखेका छन् ।

उनले प्रशिक्षक, टिमका साथी तथा समर्थकलाई धन्यवाद दिँदै बेल्जियमको जर्सीमा चारवटा विश्वकप र तीनवटा युरोपेली च्याम्पियनसिप खेल्न पाएकोमा गर्व लागेको बताएका छन् ।

‘म ती क्षणहरू कहिल्यै बिर्सने छैन । यहाँ रोकिने मेरो निर्णयप्रति म पूर्ण रूपमा सन्तुष्ट छु । यो यात्रा अद्भुत रह्यो । मैले हरेक क्षणको आनन्द लिएँ,’ उनले भनेका छन् ।

लुकाकुले सन् २०१० मा १६ वर्षको उमेरमा बेल्जियमको राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । उनले सन् २०१४, २०१८, २०२२ र २०२६ को विश्वकपमा बेल्जियमको प्रतिनिधित्व गरे ।

सन् २०१८ को विश्वकपमा बेल्जियमलाई तेस्रो स्थान दिलाउन उनको महत्वपूर्ण योगदान थियो । उक्त विश्वकपमा उनले चार गोल गरेका थिए । बेल्जियमको स्वर्णिम पुस्ताका महत्वपूर्ण सदस्य लुकाकुले केभिन डी ब्रुएना, इडेन हाजार्ड र थिबाउट कोर्टुवासँगै खेलेका थिए ।

लुकाकुले क्लब फुटबल भने जारी राख्नेछन् । उनी हाल टर्किस क्लब फेनरबाचबाट व्यावसायिक फुटबल खेलिरहेका छन् । यसअघि उनले चेल्सी, म्यानचेस्टर युनाइटेड, एभर्टन, इन्टर मिलान र नापोलीजस्ता चर्चित क्लबबाट खेलेका थिए ।

बेल्जियम फुटबल संघले पनि लुकाकुको योगदानको प्रशंसा गर्दै उनलाई राष्ट्रिय टोलीको इतिहासमा विशेष स्थान बनाएका खेलाडीका रूपमा स्मरण गरेको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८३, सोमबार  ९ : २१ बजे

मस्को पुगेर प्रचण्डले भने : नेपालको भूगोल प्रतिस्पर्धाको मैदान होइन, समृद्धिको पुल बन्नुपर्छ

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

बेल्जियमका स्टार स्ट्राइकर लुकाकुले लिए संन्यास

काठमाडौं – बेल्जियमका स्टार स्ट्राइकर रोमेलु लुकाकुले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास

सार्वजनिक ऋणको ब्याज करिब एक खर्ब भुक्तान

काठमाडौं – सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन

मङ्सिर १ गतेदेखि कांग्रेसको ‘हामी तयार छौँ’ अभियान

पोखरा – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आत्मसमीक्षा, विचार,

ठमेलका गल्लीमा विदेशी पर्यटकको चहलपहल बढ्दै

काठमाडौं – शरद ऋतु सुरु भएसँगै राजधानी काठमाडौँको प्रमुख पर्यटकीय