विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त « Khabarhub

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई नेपाली टिमको बलिङ कोचको रुपमा भित्र्याएको छ। बिहीबार क्यानले हार्भेलाई बलिङ कन्सलट्यान्ट प्रशिक्षक नियुक्त गरेको हो।

विश्वकप तयारीमा रहेको नेपाली टिमका लागि क्यानले उनलाई नियुक्त गरेको हो। ५३ वर्षीय इयानले सन् १९९७ देखि २००४ सम्म अस्टे«लियाबाट ७३ अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गरेका छन्। क्रिकइन्फोले उल्लेख गरे अनुसार उनीसँग १६५ फष्ट क्लास, ३०५ लिष्ट ए र ५४ टी–२० खेलमा प्रतिस्पर्धा गरेको अनुभव छ।

नेपाली टोलीको मुख्य प्रशिक्षक अस्ट्रेलियाकै पूर्वक्रिकेटर स्टुअर्ट ल छन्। यो नियुक्तिसँगै अब प्रमुख प्रशिक्षकदेखि बलिङ प्रशिक्षकसम्म अस्ट्रेलियन मुलका व्यक्ति भएका छन्। नेपालले आगामी महिना तेस्रोपटक टी–२० विश्वकप खेल्दैछन्। त्यसकै तयारीका लागि क्यानले नयाँ बलिङ कोच ल्याएको हो।

विश्वकपको समूह ‘सी’ मा रहेको नेपालले बंगलादेश, इंग्ल्याण्ड, इटाली र वेष्ट इन्डिजसँग प्रतिस्पर्धा गर्नेछ। नेपालले समूह चरणका सबै खेल भारतमा खेल्दैछ।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  ६ : ५० बजे

बालेन सरकारले भुटानी शरणार्थी प्रकरणको पूरक अनुसन्धान अघि बढाउला ?

काठमाडौं– नेपालको इतिहासकै सबैभन्दा लज्जास्पद र संगठित अपराध मानिएको ‘नक्कली

५० वर्षपछि चन्द्रयात्राको नयाँ इतिहास : ‘आर्टेमिस– २’ का अन्तरिक्ष यात्री सफलतापूर्वक पृथ्वीमा अवतरण

काठमाडौँ– नासाको ऐतिहासिक ‘आर्टेमिस–२’ (क्रू क्याप्सुल) चन्द्र अभियान पूरा गरी

आईपीएल क्रिकेट : राजस्थान रोयल्ससँग आरसीबी ६ विकेटले पराजित

गुवाहाटी– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लगातार चौथो

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल चैत २८ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २८ गते शनिबार वैशाख