काठमाडौं – स्याङजा भिरकोट नगरपालिकाका पूर्वप्रमुख छायाराम खनाल नेपाली कांग्रेसलाई माया गर्ने मर्माहत रहेको बताउँछन्। लोकतान्त्रिक मूल्य र मान्यतालाई स्थापित गर्ने पार्टीको आन्तरिक द्वन्द्वले निम्त्याएको विचलनले कोही पनि खुसी हुने अवस्था नहरेको भन्दै उनी चुनावको मुखमा कांग्रेस दुई धारमा विभाजन हुनुले अस्थिरता निम्त्याएको बताउँछन्।
खबरहबसँग कुरा गर्दै खनालले कांग्रेस कमजोर हुँदा देशको आन्तरिक लोकतन्त्रसमेत कमजोर हुने बताए। उनले भने, ‘एक कांग्रेसले अर्को कांग्रेसलाई भोट नदेउ भनेर चुनावमा जानु हुँदैन। पार्टीको अन्तरद्वन्द्व किनारा नलगी चुनावमा भोट माग्न जानु हुँदैन। गिरिजाप्रसाद कोइरालाले पार्टी फुटाउँदा पनि पछि गएर एकता भएको हो। त्यसकारण संस्थापन र विशेष महाधिवेशन पक्षको एकता नभई चुनावमा जानुहुन्न।’
बनारसमा बस्दा बीपी कोइराला र प्रदीप गिरीको संगतले कांग्रेस भएका खनाल ७४ वर्षका भए। २०२२ सालदेखि कांग्रेसमा लागेका उनले ०३५ सालमा क्रियाशील सदस्यता लिएका हुन्। ०३८ मा जिल्ला पञ्चायतमा लडेपनि त्यतिबेला हारेका थिए। फेरि ०४३ मा लडे। जिल्ला कार्यसमितिको सदस्य र जिल्ला पञ्चायतको सदस्य भए ०४६ सम्म।
बहुदल आएपछि ०४६ पछि गाविस अध्यक्ष भए। गाउँ विकास समिति राष्ट्रिय महासंघको अध्यक्ष भएर १८ वर्ष काम गरे। उनी २०४८ को सातौं महाधिवेशन प्रतिनिधि हुन्।
बहुदल आएपछि ०४६ पछि गाविस अध्यक्ष भए। गाउँ विकास समिति राष्ट्रिय महासंघको अध्यक्ष भएर १८ वर्ष काम गरे। उनी २०४८ को सातौं महाधिवेशन प्रतिनिधि हुन्। ०७२ मा संविधान बनेपछि पहिलो नगर प्रमुखमा निर्वाचित भएका हुन्। हाल महासमिति सदस्य खनाल विशेष महाधिवेशन पक्षधरले विधि विधान लत्याएको आरोप लगाउँछन्। उनले कांग्रेको इतिहास सम्झाउँदै लोकतन्त्र कमजोर बनाउने गलत अभ्यास सुधार्न सकिने तर्क राख्छन्।
गणेशमान सम्झिएको छु
त्यो बेला गणेशमान सिंहले भनेको सम्झिन्छु। गिरिजाबाबुले गलत गरे। यो पद्धतिको लागि हामी सरकारमा आएको होइन भन्नुभएको थियो। यही गर्ने हो भने सँगै बस्दिन भने। सुध्रिएन भने हाम्रो उद्देश्य पुरा हुन्न। त्यो दिनबाट बिग्रिएको कांग्रेस आज यो अवस्था आयो। म त्यो कुरा सम्झिरहेको छु।

नेपाली कांग्रेस ऐतिहासिक पार्टी हो। यो पार्टीको जन्म नै मुख्यत प्रजातन्त्रको लागि भएको हो। मानवअधिकारको रक्षा र प्रजातन्त्रको उपयोगका लागि सशक्त कांग्रेस आवश्यक छ। इतिहासको विभिन्न कालखण्डमा जब जब कांग्र्रेस कमजोर हुन्छ, त्यतिबेला प्रजातन्त्र कमजोर भएको इतिहास साक्षी छ। त्यसकारण पनि पार्टीमा सुधार आउन जरुरी छ।
नेपाली कांग्रेस ऐतिहासिक पार्टी हो। यो पार्टीको जन्म नै मुख्यत प्रजातन्त्रको लागि भएको हो। मानवअधिकारको रक्षा र प्रजातन्त्रको उपयोगका लागि सशक्त कांग्रेस आवश्यक छ।
समयसापेक्ष रुपमा बदलाव आउन जरुरी छ। मौसममा परिवर्तन आएजस्तै पार्टी संगठनमा पनि परिवर्तन आउनुपर्छ। यो कुरामा कसैको विमति छैन। तर प्रजातान्त्रिक पद्धतिमा लाग्ने, प्रजातान्त्रिक विचारमा समाहित हुन भनेकै विधिको शासनप्रतिको प्रतिवद्धता हो। विधि र विधानलाई पहिलो प्राथमिकता दिएर चल्नुपर्छ।
जुन विधि विधानले कसैको पनि अधिकारमाथि हस्तक्षेप गर्दैन। विधानको सर्वोच्चता नै कांग्रेसको पहिलो उद्देश्य हो। विधानको सर्वोच्चतालाई आफ्नो मनलाग्दी बनाएमा उक्त विधानले काम गर्दैन। अहिले आफैं-आफैं विधानको अर्थ लगाएर हिँडेको जस्तो लागेको छ। विशेष महाधिवेशन बोलाउनै हुन्नथ्यो।
यो जरुरी थिएन भनेर म भन्दिन। कुनै पनि कुरालाई नयाँ रुपमा लिएर जान जरुरी थियो। रुपान्तरको लागि छलफल गर्ने कुरा नराम्रो थिएन। तर महाधिवेशन बोलाउने वैधानिक अधिकार केन्द्रीय कार्यसमितिलाई हो। महाधिवेशन प्रतिनिधिले माग गर्ने हो। माग राखेपछि अधिवेशन बोलाउने केन्द्रीय समितिको हो। त्यसको बीचमा केन्द्रीय समितिको बैठक बसेर विशेष महाधिवेशन होइन।

अब नियमित महाधिवेशन गर्ने समय पुरा भइसकेको हुनाले पनि पुसमा नियमितको तालिका तोक्ने काम भयो। उक्त समयमा प्राविधिक कारणले क्रियाशील वितरण र त्यसको नवीकरण आदि इत्यादि प्रक्रिया सम्पन्न हुन नसकेको कारणले फेरि बैठक बसेर वैशाखमा महाधिवेशन गर्ने निधो भयो। पार्टी अधिवेशन नै नचाहेको वा बन्द भएर बसेको अवस्था आएको भए विशेष महाधिवेशनको अर्थ रहन्छ।
पार्टी अधिवेशन गर्ने तयारीमा गएकै छ। प्रक्रियामा अगाडि बढिरहेकै बेलामा विशेष महाधिवेशन गर्नु विधिसम्मत् होइन र आवश्यक थिएन। विशेष महाधिवेशनले उठाएका विषय जायज छन्। ती मागमा आपत्ति छैन, स्वीकार गर्न तयार छौं। हामी कांग्रेसका वफादार कार्यकर्ता हो। तर लहडमा पार्टी भाँडमा जाओस्, मैले भनेकै हुनुपर्छ भनेर भीडबाट निर्णय गर्ने अभ्यास गलत भयो।
विशेष महाधिवेशनले उठाएका विषय जायज छन्। ती मागमा आपत्ति छैन, स्वीकार गर्न तयार छौं। हामी कांग्रेसका वफादार कार्यकर्ता हो। तर लहडमा पार्टी भाँडमा जाओस्, मैले भनेकै हुनुपर्छ भनेर भीडबाट निर्णय गर्ने अभ्यास गलत भयो।
कांग्रेसमा लागेको ६ दशक भयो। यस अन्तरालमा बुझेको कुरा यो प्रक्रिया गलत भयो। त्यसकारण यो दुर्भाग्यपूर्ण हो। अझै केही बिग्रिएको छैन। छलफल गरेर सच्चिनुपर्छ। पार्टी एक ढिक्का बनाएर जाने सोच सबैमा आउनुपर्छ। यो विभाजनको कुरा अब वैधानिक को भन्ने कुरा आउँछ। फागुनमा निर्वाचन हुने हो भने, निर्वाचनसम्बन्धी थुप्रै निर्णय गरिसक्नुपर्ने बेलामा पार्टी भित्रको खिचातानी भनेको जनमतबाट बञ्चित हुने बाटो हो।
यसले पटक्कै राम्रो सन्देश दिएन। पार्टीको सर्वोच्चता जसलाई छ, त्यसले सञ्चालन गर्ने हो। संगठनको बहुमत र अल्पमत आधिकारिक भेलामार्फत हुने हो। तर भृकुटीमण्डपको भेला आधिकारिक होइन। भेला बोलाइदिनु भन्ने हो, स्वयम् बोलाउने होइन। कार्यसमितिलाई भेला बोलाउन बाध्य बनाइनुपर्थ्यो। यसरी गठन भएको कार्यसमितिले वैधानिकता पाउँदैन।

इगो बोकेर हिँड्दा आफ्नो कर्तव्य र अस्मिता बिर्साउँछ। संस्थापन पक्ष लिनेलाई गाली किन गर्नु ? उहाँहरुको दोष के हो ? पार्टी एक हुने कुरामा सबै हो। बिगार्ने पक्षमा उहाँहरु हुनुहुन्थेन। सबैको धारणा समावेश हुनुपर्छ। कदर हुनुपर्छ। कांग्रेसले मुलुक परिवर्तन गर्ने हो। सम्भावनाको खोजी गर्न पनि कांग्रेस एक हुनुपर्छ। फुटेको कांग्रेसले केही गर्न सक्दैन।
तर परिवर्तन भन्दा इगो ठुलो भनेर हिँड्ने हो भने केही अर्थ रहदैन। एउटा कांग्रेसले अर्को कांग्रेसलाई भोट दिन्न भन्ने स्थिति सिर्जना भयो। यस अवस्थाले कांग्रेस आफै कमजोर हुने भयो। क्षेत्रीय सभापति भएका समयमा नेपाली कांग्रेस प्रजातान्त्रिक भए। त्यसको कारण भनेको शेरबहादुर देउवा संसदीय दलको नेता भइरहेकै बेलामा उहाँलाई सूचना पनि नदिइकन साधारण सदस्य पनि नरहने गरी गिरिजाबाबुले गरेको निष्कासन हामीलाई चित्त बुझेन। पार्टी फुट्यो।
विधिले बन्यो भने म रुख र चारतारे झण्डाकै पक्षमा छु। कुनै व्यक्तिको कारण कांग्रेस बनेको होइन।
१४ सय महाधिवेशन प्रतिनिधिमध्ये ९ सय त्यो बेला नयाँ बानेश्वरमा उपस्थित थियौ। बहुमत हामीसँग थियो। तर पार्टीको आधिकारिकता नभएको हुनाले हामी कांग्रेस हौ भनेनौ छुट्टै पार्टीको नाम राख्यौ। पछि मिलेरसँगै आयौ। आज गगन-विश्वले अर्को चुनाव चिह्न लिन सक्नुहोला। रुख चिन्ह उहाँहरुको बन्छ भन्नेमा विश्वास छैन।विधिले बन्यो भने म रुख र चारतारे झण्डाकै पक्षमा छु। कुनै व्यक्तिको कारण कांग्रेस बनेको होइन। गाउँमा कार्यकर्ताबाट मिश्रित प्रतिक्रिया छ। कांग्रेसलाई माया गर्ने मर्माहत अवस्थामा छन्। कांग्रेस पार्टीको सिद्धान्त समाजमा स्थापित गर्न भनेर एक्लै गाउँमा बसेको छु। परिवारका सदस्य बाहिर छन्।













प्रतिक्रिया