माघे सङ्क्रान्तिमा खाना महोत्सव « Khabarhub

माघे सङ्क्रान्तिमा खाना महोत्सव


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको छ ।

फिदिम नगरपालिकाको आर्थिक सहयोग तथा नेपाल आदिवासी जनजाति महासङ्घको समन्वयमा नेपाल मगर सङ्घले आयोजना गरेको महोत्सव आज समापन हुनेछ । महोत्सवमा लिम्बू, राई, नेवार, तामाङ, गुरुङ, शेर्पालगायत जातिका मौलिक परिकार आगन्तुकलाई चाख्ने व्यवस्था मिलाइएको छ ।  

महोत्सवमा जडीबुटी, दलहन तथा तेलहन खाद्य सामग्री, अचारलगायत सामग्री डेढ दर्जनभन्दा बढी स्टलमा राखिएका छन् ।

जिल्ला समन्वय समिति पाँचथरको प्राङ्गणमा आयोजित महोत्सवमा खाद्यान्न परिकारका अतिरिक्त पुराना परम्परागत सामग्रीहरू प्रदर्शनका लागि राखिएका छन् । 

परम्परागत रुपमा खेतीका लागि खनजोत गर्न प्रयोग गरिने सामग्री, भान्सामा प्रयोग हुने काठमा सामग्री तथा घरायसी उपयोगका तीन दर्जनभन्दा बढी परम्परागत सामग्री प्रदर्शनका लागि राखिएका छन् । 

महोत्सव सुरु हुनुअघि फिदिमको शिवालयबाट सांस्कृतिक झाँकीसहितको र्‍याली निकालिएको थियो । ¥यालीमा विभिन्न जातजातिले सांस्कृतिक प्रस्तुति दिएका थिए । महोत्सव उद्घाटनका बेला च्याब्रुङ नाच, साकेलालगायत नृत्य देखाइएको थियो । 

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  ७ : ४३ बजे

समुदायको विकासमा साझेदारी गर्दै सामुदायिक वन

बाँके– बाँकेको राप्ती सोनारी गाउँपालिका–२ मदुईस्थित अशोक सामुदायिक वन उपभोक्ता

बालेन सरकारको चुनौती : पुराना नेताको सम्पत्ति छानबिन होला ?

काठमाडौँ– यही चैत १३ गते रामनवमीको दिन बालेन्द्र शाह ‘बालेन’को

बुवाआमाको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना

खोटाङ– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित कालिका माध्यमिक विद्यालयमा

‘फ्लोरा एक्स्पो’मा एक करोड २२ लाख बढीको कारोबार

काठमाडौँ– पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ ‘फ्लोरा

सूर्यविनायक–धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति

काभ्रे– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ६ लेनमा सडक