माघे सङ्क्रान्तिमा खाना महोत्सव « Khabarhub

माघे सङ्क्रान्तिमा खाना महोत्सव


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको छ ।

फिदिम नगरपालिकाको आर्थिक सहयोग तथा नेपाल आदिवासी जनजाति महासङ्घको समन्वयमा नेपाल मगर सङ्घले आयोजना गरेको महोत्सव आज समापन हुनेछ । महोत्सवमा लिम्बू, राई, नेवार, तामाङ, गुरुङ, शेर्पालगायत जातिका मौलिक परिकार आगन्तुकलाई चाख्ने व्यवस्था मिलाइएको छ ।  

महोत्सवमा जडीबुटी, दलहन तथा तेलहन खाद्य सामग्री, अचारलगायत सामग्री डेढ दर्जनभन्दा बढी स्टलमा राखिएका छन् ।

जिल्ला समन्वय समिति पाँचथरको प्राङ्गणमा आयोजित महोत्सवमा खाद्यान्न परिकारका अतिरिक्त पुराना परम्परागत सामग्रीहरू प्रदर्शनका लागि राखिएका छन् । 

परम्परागत रुपमा खेतीका लागि खनजोत गर्न प्रयोग गरिने सामग्री, भान्सामा प्रयोग हुने काठमा सामग्री तथा घरायसी उपयोगका तीन दर्जनभन्दा बढी परम्परागत सामग्री प्रदर्शनका लागि राखिएका छन् । 

महोत्सव सुरु हुनुअघि फिदिमको शिवालयबाट सांस्कृतिक झाँकीसहितको र्‍याली निकालिएको थियो । ¥यालीमा विभिन्न जातजातिले सांस्कृतिक प्रस्तुति दिएका थिए । महोत्सव उद्घाटनका बेला च्याब्रुङ नाच, साकेलालगायत नृत्य देखाइएको थियो । 

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  ७ : ४३ बजे

बालेन भन्छन्– देशलाई इमानदार नेतृत्व चाहिएको छ

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

चालु आवमा ८५ आयोजनाको बजेट सुरक्षित : दुई दर्जन योजना अलपत्र

काँक्रेविहार– चालु आर्थिक वर्षमा कार्यान्वयन गर्न कर्णाली प्रदेश सरकारले आवश्यकता

कांग्रेस देउवा पक्षले पत्रकार सम्मेलन गर्दै

काठमाडौं– नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान