आईसीसी ग्लोबल छनोट : अभ्यास खेलमा अमेरिकासँग भिड्दै नेपाल « Khabarhub

आईसीसी ग्लोबल छनोट : अभ्यास खेलमा अमेरिकासँग भिड्दै नेपाल


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत शुक्रबार नेपालले अमेरिकासँग अभ्यास खेल खेल्दैछ । यो अन्तिम अभ्यास खेल हो ।

नेपाल र अमेरिकाबीचको यो खेल दिउँसो १ बजे कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ ।

महिला टी–२० विश्वकप क्वालिफायर आइतबारदेखि काठमाडौंमा हुन् लागेको हो । आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटका लागि इन्दु वर्माको कप्तानीमा १५ सदस्यीय खेलाडी टोलीको घोषणा भएको छ।

टोलीको उपकप्तानमा पूजा महतो तथा अन्य खेलाडीमा रुविना क्षेत्री, सिता रानामगर, विन्दु रावल, सम्झना खड्का, काजल श्रेष्ठ, कविता जोशी, कविता कुँवर, रचना कुमारी चौधरी, रिया शर्मा, रोमा थापा, सोमु विष्ट, राजमती ऐरि र मनीषा उपाध्याय छन्।

कस्तो छ खेल तालिका ?
समूह ‘बी’मा नेपालसँगै स्कटल्यान्ड, थाइल्यान्ड, नेदरल्यान्ड्स र जिम्बाबे छन् भने समूह ‘ए’ मा बंगालदेश, आयरल्यान्ड, नामिबिया, पपुवान्युगिनी र अमेरिका छन्।

नेपालले पहिलो खेलमा जनवरी १८ (आइतबार) थाइल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। यो खेल मुलपानी मैदानमा हुँदैछ। नेपाली महिला टिम पहिलो पटक एसिया छनोट पार गर्दै ग्लोबल छनोटमा पुगेको हो।

१० देश सहभागी सुपर सिक्सको छनोट हुनेछ। सुपर सिक्सबाट शीर्ष चारमा पर्न सफल देश २०२६ को विश्वकपमा छनोट हुनेछन्।

पहिलो पटक विदेशी प्रशिक्षक
क्यान पहिलो पटक महिला टोलीका लागि विदेशी प्रशिक्षकका रुपमा हर्षल पाठकलाई भित्र्याएको छ।

क्यानले पुस १ गते पाठकलाई महिला टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको हो। पाठक नेपाली महिला टिमको पहिलो विदेशी प्रशिक्षक बनेका हुन्। यसले नेपाली टिममा उत्साह थपिएको छ। घरेलु मैदानमा हुने प्रतिगितामा सक्दो फाइदा उठाउने रणनीतिसहित नेपाली टिम मैदानमा हुनेछ।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  ९ : ५० बजे

नर्स तथा मिडवाइफको लाइसेन्स नवीकरणका लागि नयाँ व्यवस्था  

काठमाडौं– नेपाल नर्सिङ परिषद्ले नर्स, मिडवाइफ तथा विशेषज्ञ नर्सको लाइसेन्स

पर्सामा निर्वाचन प्रहरीका लागि मागभन्दा दोब्बर बढीको आवेदन

वीरगञ्ज– जिल्लामा आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

कांग्रेस देउवा समूहलाई प्रमुख आयुक्तले भने – आयोगले विधि र पद्धतिभन्दा बाहिर गएर निर्णय गर्दैन

काठमाडौं – कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोगले

विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५

कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षका नेताले निर्वाचन