शुक्रबार सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? « Khabarhub

शुक्रबार सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । विगत पाँच दिनदेखि निरन्तर उकालो लागेको सुन र चाँदीको मूल्य आज पनि बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ७७ हजार २०० त्यति नै चाँदीको मोल  पाँच हजार ६४५ कायम भएको छ । बिहीबार एक तोला सुन दुई लाख ७६ हजार ५०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार ४८५ मा कारोबार भएको थियो । 

बुधबार एक तोला सुन दुई ७८ हजार र त्यति नै चाँदीको मोल पाँच हजार ६५५ मा कारोबार  भएको थियो । मङ्गलबार एक तोला सुन रु दुई लाख ७६ हजार ५०० र त्यति नै चाँदीको मोल रु पाँच हजार ३४० मा कारोबार भएको थियो । 

गत आइतबार प्रतितोला रु दुई लाख ७० हजार ६०० मा कारोबार भएको छापावाला सुन हिजो तोलामा रु चार हजार १०० ले बढेर दुई लाख ७४ हजार ७०० कायम भएको थियो । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६१५ र त्यति नै परिमाणको सेतो धातु ९२ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  ११ : ०७ बजे

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दैछ ।

आईपीएल : कूपर कोनोलीको विष्फोटक ब्याटिङमा पञ्जाबको सहज जित

काठमाडौँ – अस्ट्रेलियाली युवा खेलाडी कूपर कोनोलीको उत्कृष्ट प्रदर्शनको मद्दतले

ढोरपाटनमा फैलिएको दादुरा सङ्क्रमण अझै नियन्त्रणमा आएन

बागलुङ– बागलुङको ढोरपाटनमा फैलिएको दादुरा सङ्क्रमण अझै नियन्त्रणमा आउन सकेको

वृद्धमाथि अभद्र व्यवहार गर्ने पक्राउ परेपछि गृहमन्त्रीले भेटेर भने– ‘म निदाउनै सकिनँ’

ललितपुर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर