कांग्रेस देउवा समूहलाई प्रमुख आयुक्तले भने – आयोगले विधि र पद्धतिभन्दा बाहिर गएर निर्णय गर्दैन « Khabarhub

कांग्रेस देउवा समूहलाई प्रमुख आयुक्तले भने – आयोगले विधि र पद्धतिभन्दा बाहिर गएर निर्णय गर्दैन


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


438
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोगले विधि र पद्धतिभन्दा बाहिर गएर निर्णय नगर्ने बताएका छन् । आधिकारिता दाबी गर्दै निर्वाचन आयोग पुगेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित नेतालाई सम्बोधन गर्दै प्रमुख आयुक्त भण्डारीले यस्तो बताएका हुन् ।

शुक्रबार बिहान आयोग पुगेका देउवा समूहका नेतासँग बोल्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले भने, ‘निर्वाचन आयोगले विधि र पद्धतिभन्दा बाहिर गएर निर्णय गर्दैन ।’

संविधान, ऐन, राजनीतिक दलसम्बन्धी नियमावली र कांग्रेसको विधान तथा नियमावलीका आधारमा निर्णयमा पुग्ने उनको भनाइ छ । भण्डारीले भने, ‘संविधान, राजनीतिक दलसम्बन्धी ऐन, नियमावली र कांग्रेसको विधानअनुसार निर्णय गर्छौँ । हाम्रा नजिर र परम्परा पनि हेर्छौँ ।’

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  ११ : ३४ बजे

चीन–अल्जेरिया अन्तरिक्ष सहकार्य : नयाँ उपग्रह प्रक्षेपण

एजेन्सी – चीनले बिहीबार उत्तरपश्चिम चीनस्थित जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट

सिजीको ‘तिहार रंगोली फोटो सेयर तथा जित’ प्रतियोगिताका विजेतालाई मेरिडिया साउण्ड बार प्रदान

काठमाडौं– सिजी ब्रान्डले तिहारमा आयोजना गरेको ‘तिहार रंगोली फोटो सेयर तथा

पूर्वराष्ट्रपति युनलाई पाँच वर्ष कैद

एजेन्सी– दक्षिण कोरियाको एक अदालतले शुक्रबार पूर्वराष्ट्रपति युन सुक योललाई

‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र

डुम्रे– पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित चुनपहरामा

भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छ : गृहमन्त्री अर्याल

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक भएको