नेपाली कांग्रेसले कुनै विशेष महाधिवेशन गरेको छैन : मीन विश्वकर्मा « Khabarhub

नेपाली कांग्रेसले कुनै विशेष महाधिवेशन गरेको छैन : मीन विश्वकर्मा


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले नेपाली कांग्रेसले विशेष महाधिवेशन नगरेको बताएका छन् । 

शुक्रबार शेरबहादुर देउवा पक्षका नेताहरू निर्वाचन आयोग पुगेर आफ्नो पक्ष नै आधिकारिक भएको माग गर्दै दस्ताबेज बुझाइसकेपछि पत्रकारहरूलाई प्रतिक्रिया दिँदै विश्वकर्माले सो बताएका हुन् ।

‘पार्टीको कुनै अधिवेशन, विशेष महाधिवेशन अहिले केहीपनि भएको छैन, हाम्रो पार्टीको केन्द्रीय कार्यसमितिको सर्वसम्मत निर्णयबाट बैशाखको २९, ३० र ३१ गते केन्द्रीय महाधिवेशनको निर्णय गरेको छ’, उनले भने ।

साथै, उनले पार्टीको १४औँ महाधिवेशनमा नेतृत्व गरेका सभापति लगायत सबै प्रतिस्पर्धी नेतृत्व र अधिकांश केन्द्रीय समितिका सदस्य अहिले देउवा नेतृत्वमा नै रहेको समेत दाबी गरे ।

‘नेपाली कांग्रेसकै केही पूर्व नेताहरू आएर अद्यावधिक गर्ने, कांग्रेसको केन्द्रीय कार्यसमिति बद्लियो, यो बद्लियो त्यो बद्लियो भनेर यहाँ भ्रम सिर्जना गरेको र त्यहीअनुसार सञ्चार माध्यममा पनि सम्प्रेषण भएको थाहा पाइसकेपछि ओहो निर्वाचनका मुखमा यो के हुन लाग्यो हँ भनेर नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति जो १४औँ महाधिवेशनबाट सभापति भएका सभापति शेरबहादुर देउवा र चौधौँ महाधिवेशनबाट उपसभापतिमा निर्वाचित भएर आहिले कार्यबाहक सभापति पूणबहादुर खड्का, त्यो बेला ४१ प्रतिशतका शेखर कोइराला, त्यो बेला राम्रो मत ल्याउनुभएका प्रकाशमान सिँह, अर्को मत ल्याउनुभएका विमलेन्द्र निधि र कल्याण गुरुङ समेतको साझा उपस्थितिमा १३५ जना भन्दा बढीको केन्द्रीय कार्यसमितिको सामूहिक उपस्थितिमा हामीले भन्यौँ’, उनले भने ।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  १२ : १२ बजे

रास्वपा खुला दलित तर्फको केन्द्रीय सदस्यमा रमेश विश्वकर्माको उम्मेदवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदका लागि

कस्तो छ रास्वपाको परराष्ट्र नीति ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘विकास कूटनीति र वैश्विक

संविधान संशोधनबारे के छ रास्वपाको धारणा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधान संशोधनमा फरक

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध

रास्वपामा नेतृत्व छान्न भोलि बिहान ९ बजे मतदान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन चितवनमा जारी छ ।