गोरखामा रास्वपा नेताको गाडी तोडफोड « Khabarhub

गोरखामा रास्वपा नेताको गाडी तोडफोड


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता धनेज थापाको गाडीमा तोडफोड गरिएको छ। गोरखाको भिमसेन थापा गाउँपालिका वडा नम्बर ३ कमलटारमा पार्किङ गरिएको अवस्थामा थापाको बागमती प्रदेश ०२५ च ७०३० नम्बरको गाडीमा तोडफोड भएको हो।

वडाअधिवेशनमा सहभागी हुन पार्टीका केन्द्रीय सदस्यद्वय प्रकाशन्द्र परियार र धनेज थापा तथा पर्यटन विभाग सदस्य प्रकाश लामिछानेसहितको टोली कमलटार पुगेको थियो। सोही क्रममा पार्किङ स्थलमै गाडीमा तोडफोड गरिएको जनाइएको छ।

रास्वपाले घटनालाई गम्भीर रूपमा लिँदै सम्भावित राजनीतिक प्रपञ्च, षड्यन्त्र, प्रतिशोध र हुलदङ्गीको आशंकासहित प्रहरीमा उजुरी दर्ता गरिसकेको जनाएको छ। टोलीमा सहभागी केन्द्रीय सदस्य परियारले सामाजिक सञ्जालमार्फत आफूहरू सुरक्षित रहेको जानकारी दिएका छन्।

घटनाका कारण कार्यक्रम केही ढिलो भए पनि आयोजक टोली कार्यक्रम स्थलमा पुगेर अन्तिम तयारीमा जुटेको र वडाअधिवेशन स्थगित नहुने जनाइएको छ।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  १२ : २३ बजे

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ – पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको