काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री कान्छाराम तामाङले नेपाली कांग्रेसको विधानअनुसार विशेष महाधिवेशन बोलाउन मिल्ने तर, केन्द्रीय कार्यसमिति चयन गर्न नमिल्ने बताएका छन् ।
निर्वाचन आयोगमा शेरबहादुर देउवाको पक्षबाट आफ्नो पक्ष आधिकारिक भएको दाबी गर्न जाने क्रममा पत्रकारहरूलाई प्रतिक्रिया दिँदै नेता लामाले सो तर्क गरेका हुन् ।
‘उहाँले आफ्नो मान्छे बोलाएर कार्यसमिति बनाउन मिल्छ, मैले पनि अहिले १०-५० जना मान्छे बोलाएर उपसभापति तँ, सभापति तँ भन्न व्यक्तिगत मिल्छ तर, कानुनले मिल्दैन’, उनले भने, ‘नेपाली कांग्रेसको कानुनले मिल्दैन, विधानमा मिल्दैन ।’
विशेष महाधिवेशन त विधानअनुसारको थियो भन्ने पत्रकारको प्रश्नमा नेता लामाले ‘त्यो विधान बोलाउन पाउने विधान हो तर, यस्तो कार्यसमिति छान्ने विधान होइन’, भने ।













प्रतिक्रिया