नेपाल चिकित्सक संघको निर्वाचन स्थगित « Khabarhub

नेपाल चिकित्सक संघको निर्वाचन स्थगित


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) को निर्वाचन कार्यक्रम स्थगित गरिएको छ । संघको निर्वाचन सम्बन्धमा पाटन उच्च अदालतबाट जारी भएको अन्तरिम आदेशलाई मध्यनजर गर्दै पूर्वनिर्धारित तालिकाअनुसार भइरहेको सम्पूर्ण निर्वाचन कार्यक्रम रोकिएको निर्वाचन समितिले जनाएको छ।

निर्वाचन समितिद्वारा जारी सूचनामा अदालतको आदेश कार्यान्वयन गर्नुपर्ने बाध्यताका कारण निर्वाचन प्रक्रिया हालका लागि स्थगित गरिएको उल्लेख छ। साथै, यस सम्बन्धमा आगामी दिनमा निर्वाचन समितिबाट आवश्यक छलफलपछि नयाँ सूचना जारी गरी निर्वाचनसम्बन्धी संशोधित तालिका सार्वजनिक गरिने जनाइएको छ।

निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत डा.प्रणय रत्न शाक्यद्वारा हस्ताक्षरित सूचनामा हालको अवस्था समाधान नभएसम्म निर्वाचनसम्बन्धी कुनै पनि कार्यक्रम अगाडि नबढाइने स्पष्ट पारिएको छ । 

नेपाल चिकित्सक संघको केन्द्रीय निर्वाचनका साथै विभिन्न तहका नेतृत्व चयनका लागि प्रक्रिया अघि बढिरहेको अवस्थामा अदालतको आदेशपछि निर्वाचन अनिश्चित बनेको हो । 

यसले संघभित्रको नेतृत्व चयन प्रक्रिया केही समयका लागि प्रभावित हुने देखिएको छ ।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  १ : ०९ बजे

ट्रम्पको सम्बोधनपछि इजरायलमा इरानी क्षेप्यास्त्र आक्रमण

एजेन्सी– इजरायली सेनाले बिहीबार बिहान इरानबाट गरिएको क्षेप्यास्त्र आक्रमणको लहरको

डीपीलाई सभामुखको उम्मेदवार बनाउने रास्वपाको निर्णय

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभापति डोलप्रसाद डीपी अर्याललाई सभामुखको उम्मेदवार

एमालेलाई रमेश लेखकको माया लाग्दा कांग्रेससहितका अरू दल सरकारसँग नरम

काठमाडौं- प्रतिनिधिसभाको बिहीबार बसेको पहिलो बैठकमा नेकपा एमालेबाहकेका प्रतिपक्षी नरम

संसद लगत्तै रास्वपा संसदीय दलको बैठक

काठमाडौं- संसद बैठक सकिएलगत्तै बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको

एमालेले ओली-लेखकको मुद्दा उठाउँदा कांग्रेस र अन्य प्रतिपक्षी मौन

काठमाडौं- नेकपा एमालेले बिहीबार सुरू भएको दुवै सदनको बैठकमा नेकपा