मनाइयो २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस « Khabarhub

मनाइयो २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।

विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । भूकम्पबारे चेतना फैलाउनु र तयारी बढाउन दिवस मनाउने गरिन्छ ।

दिवसका अवसरमा ललितपुर महानगरले पाटन दरवार स्क्वायरमा रहेको भूकम्प स्मारक परिसरमा स्मृति सभाको आयोजना गरेको थियो । स्मृतिसभामा ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनले प्राकृतिक प्रकोपलाई कसैले रोक्न नसक्ने भए पनि क्षतिलाई न्यूनीकरण गर्न प्रविधिलाई आत्मसात गर्दै तयारी गर्नुपर्नेमा जोड दिए । 

नेपालमा १९९० पछि विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट जनधनको ठूलो क्षति भएको थियो । 

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  १ : १९ बजे

‘विशेष महाधिवेशन विखण्डनको थलो हो, त्यता नजाऊँ भन्दा मानेनन्’

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले

सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा नागरिक लगानी कोषद्वारा ५१ लाख सहयोग

काठमाडौं– गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा

तालमेलको टुंगो नभएपछि एमालेले सबै १६५ क्षेत्रमै उम्मेदवारी दिने

काठमाडौं- नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीसहितका शक्तिसँग तालमेल र

सानेपामा कांग्रेस (शेरबहादुर) को पत्रकार सम्मेलन

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले पत्रकार सम्मेलन आयोजना गरेको