काठमाडौं– नर्भिक इन्टरनेशनल अस्पतालले आपतकालीन सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ ।
गम्भीर तथा आकस्मिक स्वास्थ्य समस्यामा परेका बिरामीलाई छिटो र सुरक्षित रूपमा अस्पतालसम्म पुर्याउने उद्देश्यले उक्त सेवा सुरु गरिएको अस्पतालले जनाएको छ ।
यो निःशुल्क एम्बुलेन्स सेवा काठमाडौंको रिङरोडभित्र रहेका गम्भीर तथा आकस्मिक अवस्थाका बिरामी तथा घाइतेहरूका लागि मात्र लागू हुने जनाइएको छ ।
सेवा माघ १ गतेदेखि औपचारिक रूपमा सुरु भएको हो । अस्पतालका अनुसार निःशुल्क एम्बुलेन्स सेवा सातै दिन २४ सै घण्टा सञ्चालन हुनेछ ।
आपतकालीन अवस्थामा बिरामी वा घाइतेको शीघ्र उद्धार गरी विश्वासिलो र गुणस्तरीय उपचार सेवा प्रदान गर्ने उद्देश्यले यो सेवा सञ्चालनमा ल्याइएको नर्भिकले स्पष्ट पारेको छ ।













प्रतिक्रिया