देउवा समूहपछि सभापति थापाको टोली पनि निर्वाचन आयोग जाँदै « Khabarhub

देउवा समूहपछि सभापति थापाको टोली पनि निर्वाचन आयोग जाँदै


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा नेतृत्वको समूहले शुक्रबार निर्वाचन आयोगमा पुगेर आफूलहरूलाई आधिकारिता दिनुपर्ने जिकिर गरी फर्किएको छ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा पुगेको टोलीले ८ सय बढी विशेष महाधिवेशनका प्रतिनिधिले हस्ताक्षर फिर्ता गरेको, केन्द्रीय कार्यसमितिले निर्णय नगरेको र ५५ बढी जिल्ला सभापति आफूहरूको पक्षमा रहेको सहितका तर्क गरेर आधिकारिकता दिन आग्रह गरे ।

नेता डा. शेखर कोइरालाले त विशेष महाधिवेनमार्फत् गगन र विश्वप्रकाश समूहहरू कांग्रेसबाट चोइटिएर गएको टिप्पणीसमेत गरे ।

देउवा समूह नेताहरूको जुलुस नै लिएर आयोग पुगेपछि सभापति गगन थापा नेतृत्वको नेपाली कांग्रेसको कार्यसमिति निर्वाचन आयोग जाने भएको छ।

विशेष महाधिवेशनबाट निर्वाचित सभापति थापासहितको सिंगो केन्द्रीय कार्यसमिति पनि शुक्रबार दिउँसो २ बजे निर्वाचन आयोगमा जाँदैछ ।

आयोगले चुनाव चिह्न लगायतबारे छलफल गर्न बोलाएको बताइएको छ। फागुन २१ को निर्वाचनका लागि प्रत्यक्षतर्फ मनोनयनको समय केही दिन बाँकी हुँदा आयोग दबाबमा परेको छ।

आयोगलाई यथाशक्य चाँडो कांग्रेसको विवादमा निर्णय दिनुपर्ने दबाब छ । बिहीबार मात्रै गगनहरू आयोगमा पुगेर कांग्रेसको आधिकारिकतामा दाबी गरेका थिए । उनीहरूले पार्टी अद्यावधिकको लागि आवश्यक कागजात पनि बुझाइसकेका छन्।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  २ : ०० बजे

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत

संसद्का जेष्ठ सदस्य केसीको शपथ बुधबार

काठमाडौँ – प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको शपथ ग्रहण यही

करेन्ट लागेर रौतहटमा ८४ वर्षीया वृद्धाको मृत्यु

रौतहट- रौतहटमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ। गुजरा

‘इन्टरनेट सेवामा थप शुल्क नलाग्ने’

काठमाडौँ – महान्यायाधिवक्ताको कार्यालयले फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवामा उपभोक्तामाथि थप

कांग्रेस केन्द्रीय कार्यसमितिले के-के गर्‍यो निर्णय ?

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाद्वारा