देउवा समूहपछि सभापति थापाको टोली पनि निर्वाचन आयोग जाँदै « Khabarhub

देउवा समूहपछि सभापति थापाको टोली पनि निर्वाचन आयोग जाँदै


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा नेतृत्वको समूहले शुक्रबार निर्वाचन आयोगमा पुगेर आफूलहरूलाई आधिकारिता दिनुपर्ने जिकिर गरी फर्किएको छ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा पुगेको टोलीले ८ सय बढी विशेष महाधिवेशनका प्रतिनिधिले हस्ताक्षर फिर्ता गरेको, केन्द्रीय कार्यसमितिले निर्णय नगरेको र ५५ बढी जिल्ला सभापति आफूहरूको पक्षमा रहेको सहितका तर्क गरेर आधिकारिकता दिन आग्रह गरे ।

नेता डा. शेखर कोइरालाले त विशेष महाधिवेनमार्फत् गगन र विश्वप्रकाश समूहहरू कांग्रेसबाट चोइटिएर गएको टिप्पणीसमेत गरे ।

देउवा समूह नेताहरूको जुलुस नै लिएर आयोग पुगेपछि सभापति गगन थापा नेतृत्वको नेपाली कांग्रेसको कार्यसमिति निर्वाचन आयोग जाने भएको छ।

विशेष महाधिवेशनबाट निर्वाचित सभापति थापासहितको सिंगो केन्द्रीय कार्यसमिति पनि शुक्रबार दिउँसो २ बजे निर्वाचन आयोगमा जाँदैछ ।

आयोगले चुनाव चिह्न लगायतबारे छलफल गर्न बोलाएको बताइएको छ। फागुन २१ को निर्वाचनका लागि प्रत्यक्षतर्फ मनोनयनको समय केही दिन बाँकी हुँदा आयोग दबाबमा परेको छ।

आयोगलाई यथाशक्य चाँडो कांग्रेसको विवादमा निर्णय दिनुपर्ने दबाब छ । बिहीबार मात्रै गगनहरू आयोगमा पुगेर कांग्रेसको आधिकारिकतामा दाबी गरेका थिए । उनीहरूले पार्टी अद्यावधिकको लागि आवश्यक कागजात पनि बुझाइसकेका छन्।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  २ : ०० बजे

केन्यामा बस र ट्रक ठोक्किँदा २२ जनाको मृत्यु

एजेन्सी– केन्याको मुख्य राजमार्गमा आइतबार बस र ट्रक एकआपसमा ठोक्किँदा

अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि हो : मन्त्री चौधरी

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले जलवायु परिवर्तनका असर

विराटनगर किङ्सबाट एनपिएल खेल्न नेपाल आइपुगे आन्द्रे रसेल

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न वेस्ट इन्डिजका चर्चित

भारतको बाँध परियोजनाविरुद्ध प्रदर्शन, प्रहरीसँग झडप हुँदा ४० प्रहरी घाइते

नयाँदिल्ली– चीनसँग सीमा जोडिएको हिमालय क्षेत्रमा प्रस्तावित विशाल जलविद्युत् बाँध

महान्यायाधिवक्ताको निर्णय उल्ट्याउँदै सर्वोच्चको परमादेश- ‘कैद हद अधिकार हो, सुविधा होइन’

काठमाडौँ– सर्वोच्च अदालतले कैदहदको सुविधा पाएका कैदीलाई प्यारोल सुविधाबाट वञ्चित