कसैलाई बाँड्न र दिनै नमिल्ने नोबेल पदक नियमविपरीत उपहारमा लिए ट्रम्पले « Khabarhub

कसैलाई बाँड्न र दिनै नमिल्ने नोबेल पदक नियमविपरीत उपहारमा लिए ट्रम्पले

यस वर्षको नोबेल शान्ति नपाउँदा रिसाएका थिए


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन- भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नो नोबेल शान्ति पुरस्कारको पदक उपहार दिएकी छन्।

ट्रम्प र मचाडोबीच बिहीबार ह्वाइट हाउसमा भेटवार्ताका क्रममा उनले पदक उपहार दिएकी हुन् । निकोलस मादुरोलाई अपहरण गरिएपछि ट्रम्पले कुनै पनि भेनेजुएलाली नेतासँग प्रत्यक्ष भेट गरेको यो पहिलो अवसर हो।

भेटपछि मचाडोले उनले ट्रम्पलाई नोबेल शान्ति पुरस्कारको पदक दिएको पत्रकारहरूलाई पुष्टि गरिन्। ‘आजको दिन भेनेजुएलाली जनताका लागि ऐतिहासिक हो,’ उनले भनिन्। तर ह्वाइट हाउसले ट्रम्पले उक्त पदक स्वीकार गरे वा नगरेकोबारे कुनै जानकारी दिएको छैन।

ह्वाइट हाउसबाट बाहिरिँदै गर्दा मचाडोले समर्थकहरूलाई स्पेनिस भाषामा सम्बोधन गर्दै भनिन्, ‘हामी राष्ट्रपति ट्रम्पमाथि भरोसा गर्न सक्छौँ।’

यद्यपि ट्रम्पले अहिलेसम्म मचाडोलाई भेनेजुएलाको नयाँ नेतृका रूपमा औपचारिक समर्थन गरेका छैनन्। यसको सट्टा उनले भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिग्जसँग सहकार्य गरिरहेका छन्।

मचाडोले पेनसिल्भेनिया एभिन्यूमा समर्थकहरूलाई अभिवादन गरिन्। उनको हातमा विपक्षी नेता जुआन पाब्लो गुआनिपाको पोस्टर थियो।

नोबेल संस्थान के भन्छ ?

ट्रम्पले लामो समयदेखि नोबेल शान्ति पुरस्कार पाउने इच्छा व्यक्त गर्दै आएका छन्। मचाडोलाई यो पुरस्कार प्रदान गरिँदा उनले असन्तुष्टि जनाएका थिए।

नोबेल कमिटीले यसअघि नै पुरस्कार घोषणा भएपछि त्यसलाई न त रद्द गर्न सकिन्छ, न त कसैसँग बाँड्न वा हस्तान्तरण गर्न। यो निर्णय अन्तिम र स्थायी हुन्छ।

तर ट्रम्पले नोबेल कमिटीको निर्णय र नियमविपरीत उक्त पुरस्कारको पदक भेनेजुएलाली नेृतबाट ग्रहण गरेका छन् ।

बिहीबार ह्वाइट हाउस बैठकअघि नोबेल संस्थानले ‘एक्स’ मा पोस्ट गर्दै भनेको थियो, ‘नोबेल पदकको मालिक परिवर्तन हुन सक्छ, तर नोबेल शान्ति पुरस्कार विजेताको उपाधि परिवर्तन हुँदैन।’

मारिया कोरिना मचाडोलाई अक्टोबर २०२५ मा ‘भेनेजुएलाली जनताको लोकतान्त्रिक अधिकारका लागि गरेको संघर्ष र तानाशाहीविरुद्धको शान्तिपूर्ण लडाइँ’ का लागि नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो।

वाशिङ्टनका उत्तराधिकारीलाई मेडल फिर्ता गरियो

मचाडोले ट्रम्पलाई पदक दिँदै सन् १८२५ को ऐतिहासिक सन्दर्भ प्रस्तुत गरिन्। उनले भनिन्, ‘२०० वर्षअघि मार्क्विस डे लाफायेटले जर्ज वाशिङ्टनको तस्बिर भएको पदक साइमन बोलिभारलाई दिएका थिए। त्यो अमेरिका र भेनेजुएलाबीच स्वतन्त्रताको लडाइँमा भाइचाराको प्रतीक थियो। आज बोलिभारका सन्तानहरूले वाशिङ्टनका उत्तराधिकारीलाई नोबेल पदक फिर्ता गरेका छन्।’

उक्त सुनको पदक लाफायेटले दक्षिण अमेरिकाका स्वतन्त्रता सेनानी साइमन बोलिभारलाई दिएका थिए, जसमा जर्ज वाशिङ्टनको तस्बिर अंकित थियो। यो उपहार तानाशाहीविरुद्धको साझा संघर्ष र मित्रताको प्रतीक मानिन्छ।

‘मचाडो अद्भुत महिला हुन्’

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोशल’ मा लेख्दै मचाडोसँगको भेटलाई सम्मानजनक बताए। उनले लेखे, ‘मचाडो एक अद्भुत महिला हुन्। उनले धेरै दुःख सहनुपरेको छ। उनले मेरो कामको कदर गर्दै मलाई आफ्नो नोबेल शान्ति पुरस्कार प्रदान गरिन्। हाम्रो आपसी सम्मान असाधारण छ।’

उक्त पदकमा ‘भेनेजुएलाली जनताको तर्फबाट’ ट्रम्पलाई समर्पित गरिएको उल्लेख गरिएको थियो।

नोबेल उपहार दिन मिल्छ ?

नोबेल फाउन्डेसनका नियमअनुसार पुरस्कार घोषणा भएपछि रद्द गर्न सकिँदैन । पुरस्कार कसैसँग बाँड्न वा हस्तान्तरण गर्न मिल्दैन।

नोबेल विजेताको उपाधि कहिल्यै परिवर्तन हुँदैन। पदक व्यक्तिगत सम्पत्ति भएकाले उपहार दिन, बेच्न वा उधारो दिन सकिन्छ।

चुनावबारे कुरा भएन

ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेविटले बैठकमा भेनेजुएलाको सम्भावित चुनावबारे कुनै छलफल नभएको बताइन्। उनका अनुसार यो भेट व्यक्तिगत विचार आदानप्रदानका लागि भएको थियो।

बन्द कोठामा भेट

ट्रम्प र मचाडोबीचको भेट बन्द कोठामा भएको थियो। ट्रम्पले भेटपछि औपचारिक विज्ञप्ति जारी गरेनन्। मचाडोले छलफल सकारात्मक भएको बताइन्। ‘म भेनेजुएलाको पीडाबारे ट्रम्पको बुझाइ र चिन्ताबाट प्रभावित भएँ,’ उनले भनिन्।

राष्ट्रपति उम्मेदवार

मचाडो २०२४ को चुनावअघि विपक्षी राष्ट्रपति उम्मेदवार थिइन्। तर सरकारले उनको उम्मेदवारी रद्द गर्‍यो। त्यसपछि उनले एडमन्डो गोन्जालेज उर्रुतियालाई समर्थन गरिन्। विपक्षले चुनाव जिते पनि सत्तारूढ पक्षले परिणाम स्वीकार गरेन।

मादुरोपछि राष्ट्रपति दावेदार

३ जनवरीमा अमेरिकी सेनाले राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिएपछि मचाडोलाई सम्भावित राष्ट्रपति मानिएको थियो। तर ट्रम्पले उनको पर्याप्त समर्थन नरहेको भन्दै अस्वीकार गरे र डेल्सी रोड्रिग्जलाई कार्यवाहक राष्ट्रपति मान्यता दिए।

नोबेल पुरस्कार

नोबेल पुरस्कारको स्थापना सन् १८९५ मा भएको थियो। सन् १९०१ देखि पुरस्कार वितरण सुरू गरियो। सुरुमा भौतिकशास्त्र, रसायनशास्त्र, चिकित्सा, साहित्य र शान्तिमा मात्र दिइन्थ्यो।

तर पछि गएर अर्थशास्त्र थपियो। नोबेल पुरस्कारको आधिकारिक वेबसाइटअनुसार मनोनयन गरिएका नामहरू ५० वर्षसम्म सार्वजनिक गर्न मिल्दैन ।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  २ : १७ बजे

देउवाले एमाले फुटाइदिएको सम्झिँदै योगेशले भने : कांग्रेसको विभाजन दु:खद्, कुनै न कुनै उपायबाट फेरि मिलोस्

काठमाडौं- नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेपाली कांग्रेसको विभाजनलाई दुःखद

एनसेलको सहयोगमा ‘क्रिएटर्‌स मेला’ तीन सहरमा आयोजना हुँदै

काठमाडौं– एनसेलले नेपालका तीन सहरमा ‘क्रिएटर्स मेला’ आयोजना गर्न नेपालस्थित अमेरिकी दूतावाससँग

फुटेका कांग्रेस कार्यकर्ता नाराबाजीमा उत्रिँदा कान्तिपथमा तनाव (तस्बिरहरू)

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षका नेता-कार्यकर्ता निर्वाचन आयोग अगाडि

युएनआईएसएफएमा नेपाली सेनालाई पहिलो पटक फोर्स कमाण्डरको जिम्मेवारी

काठमाडौ|-संयुक्त राष्ट्रसंघीय मिसन (युएनआईएसएफ) मा नेपाली सेनाले पहिलो पटक फोर्स

धर्ना बसेका देउवा कांग्रेसलाई नमस्ते गर्दै हिँडे गगन कांग्रेका नेता

काठमाडौं- नेपाली कांग्रेसको आधिकारिकता दाबी गर्दै अहिले संस्थापक पक्ष निर्वाचन