तालमेलको टुंगो नभएपछि एमालेले सबै १६५ क्षेत्रमै उम्मेदवारी दिने « Khabarhub

तालमेलको टुंगो नभएपछि एमालेले सबै १६५ क्षेत्रमै उम्मेदवारी दिने


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीसहितका शक्तिसँग तालमेल र गठबन्धनको सम्भावना नदेखिएपछि नेकपा एमालेले सबै १६५ वटै क्षेत्रमा उम्मेदवारी दिने भएको छ।

एमालेले शनिबार सचिवालय बैठक बसेर सबै १६५ क्षेत्रमै प्रत्यक्षतर्फका उम्मेदवार टुंगो लगाउने भएको छ।

सभापति शेरबहादुर देउवा र अध्यक्ष केपी शर्मा ओलीबीच तालमेलका लागि कुरा अघि बढे पनि बिहीबारदेखि कांग्रेस दुई चिरामा विभक्त भएपछि एमाले एक्लै अघि बढ्न लागेको हो ।

एमाले प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीका अनुसार शनिबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने सचिवालय बैठकले सबै १६५ क्षेत्रमै उम्मेदवार खडा गर्ने निर्णय लिनेछ ।

फागुन २१ को निर्वाचन कार्यतालिकाअनुसार माघ ६ गते सबै १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार मनोनयनको कार्यक्रम छ । यो अवस्थामा एमालेले शनिबार ती सबै क्षेत्रका उम्मेदवारको नामावलीलाई अन्तिम रुप दिने तयारी गरेको छ ।

अहिलेसम्म अध्यक्ष केपी शर्मा ओलीसहित करिब ३५ जना नेताको नाम सर्वसम्मत रुपमा तल्ला कमिटीबाट सिफारिस भएर आएको छ ।

हालसम्म कुनै पनि पार्टीसँग चुनावी गठबन्धन गर्ने निधो भएको छैन । त्यहीकारण एमालेले सबै क्षेत्रमा सूर्य चिह्नवाहक उम्मेदवार खडा गर्न लागेको हो ।

कांग्रेसको शेरबहादुर देउवा समूहसँग तालमेल हुन सक्ने कुरा बिहीबार एमाले सचिव महेश बस्नेतले बताएका थिए । तर कांग्रेस आफैं आन्तरिक झगडाका कारण दुई समूहमा विभक्त भएकाले तत्काल उनले भनेजस्तो सम्भावना पनि देखिएको छैन ।

कांग्रेसमा देउवा र गगन थापा समूहमध्ये कसलाई निर्वाचन आयोगले अधिकारिकता दिन्छ टुंगो भइसकेको छैन । बिहीबार र शुक्रबार दुवै समूह निर्वाचन आयोगमा धाइरहेका छन् ।

यस्तोमा कांग्रेसको विवादबारे निर्णय नदिई आयोगले प्रत्यक्षतर्फको मनोनयन गराउने सम्भावना क्षीण छ । यस्तोमा आयोगले कम्तीमा एक सातालाई मनोनयन समय बढाउन सक्ने सम्भावना पनि प्रवल छ ।

उता २०७९ को चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी नेपालसँग केही निर्वाचन क्षेत्रमा तालमेल गरेको एमाले यस पटक जेन-जी आन्दोलनपछि सबैभन्दा दबाबमा छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगीमा नौ महिना जेल बसेर निस्किएयता आक्रमक गतिविधि बढाइरहेका छन् ।

कांग्रेसको विभाजन र रास्वपाको बढ्दो प्रभावबीच अहिलेलाई सबैभन्दा ठूलो दल एमालेलाई २०७९ को उपलब्धि जोगाउनुपर्ने चुनौती खडा भएको छ।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  २ : ३३ बजे

मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद

६ महिनामा आयो ३९ अर्बको प्रतिबद्धता, कृषि क्षेत्रमा देखियो लगानीको आकर्षण

काठमाडौं– नेपालमा चालु आर्थिक वर्षको अर्धवार्षिक अवधिमा ३९ अर्ब बढीको

लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

काठमाडौं– प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरी शुक्रबार

कांग्रेस (शेरबहादुर) दलबलसहित बहादुर भवनतिर, कांग्रेस (गगन) पनि आयोगमै

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष दलबलसहित निर्वाचन आयोगतर्फ हिँडेको

रविविरुद्धका मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको निर्णयलाई चुनौती दिँदै सर्वोच्चमा रिट

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दायर सम्पत्ति शुद्धीकरण