सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना « Khabarhub

सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका सबै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत एवं निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । 

शुक्रबार देशभरका जिल्ला सदरमुकाममा मुख्य निर्वाचन अधिकृतको कार्यालय र सदरमुकाम बाहिरका निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

यसै क्रममा काठमाडौंमा सबै निर्वाचन क्षेत्रमा पनि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । काठमाडौं प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा कार्यालय स्थापना गर्ने क्रममा काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले प्रत्येक नागरिकले स्वतन्त्रतापूर्वक आफ्नो मतदानको अधिकारको व्यवस्थालाई प्रत्याभूत गराउन सबै प्रकारको सुरक्षाका रणनीति अंगिकार गर्ने बताए । निर्वाचनलाई सफल बनाउन दलहरूको समेत सहयोग लिएर अघि बढ्ने उनले बताए ।

जिल्ला सदरमुकाममा ७७ वटा मुख्य निर्वाचन अधिकृतको कार्यालय र त्यस बाहिरका ८८ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयको नेतृत्व जिल्ला अदालतका मुख्य न्यायाधीशले गर्नेगरी व्यवस्था गरिएको छ भने ७७ जना मुख्य जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र न्याय सेवाका ८८ जना द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतको जिम्मेवारी तोकिएको छ ।
 

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  २ : ४२ बजे

दुई कांग्रेसको जम्काभेट हुने भएपछि बहादुर भवनमा उच्च सतर्कता

काठमाडौं- निर्वाचन आयोगको सुरक्षा व्यवस्था चुस्त पारिएको छ । नेपाली

न्युजिल्यान्डद्वारा इरान दूतावास बन्द

काठमाडौं- न्युजिल्यान्ड सरकारले इरानमा बिग्रँदै गएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै

मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद

६ महिनामा आयो ३९ अर्बको प्रतिबद्धता, कृषि क्षेत्रमा देखियो लगानीको आकर्षण

काठमाडौं– नेपालमा चालु आर्थिक वर्षको अर्धवार्षिक अवधिमा ३९ अर्ब बढीको

लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

काठमाडौं– प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरी शुक्रबार