काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले पार्टीको विधानविपरीत केही व्यक्तिहरूले विशेष महाधिवेशनको नाममा भेला डाकेको आरोप लगाएको छ ।
सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै देउवा पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विधानविपरीत विशेष महाधिवेशनका नाममा भेला डाकिएको बताएका हुन् ।
सम्मेलनमा उनले पार्टी विधानअनुसार चल्ने भन्दै राजनीतिक दलको काँधमा अहिले संविधान रक्षा गर्ने दायित्व रहेको उल्लेख गरे । विषम परिस्थिति रहेको अवस्थामा पार्टीका केही व्यक्तिहरूले विशेष महाधिवेशनको नाममा पार्टी अनुशासनबाहिर गएर गतिविधि गरेको उनको आरोप छ ।
विशेष महाधिवेशनको नाममा भेला बोलाएर पार्टीको विधानविपरित निर्वाचन आयोगमा पुगेको जानकारी पाएको बताउँदै कार्यवाहक सभापति खड्काले आज आफूहरु पनि आयोग पुगेर गम्भीर ध्यानाकर्षण गराएको जानकारी दिए ।













प्रतिक्रिया