विधानविपरीत केही व्यक्तिले विशेष महाधिवेशनका नाममा भेला डाके : कावा सभापति खड्का « Khabarhub

विधानविपरीत केही व्यक्तिले विशेष महाधिवेशनका नाममा भेला डाके : कावा सभापति खड्का


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले पार्टीको विधानविपरीत केही व्यक्तिहरूले विशेष महाधिवेशनको नाममा भेला डाकेको आरोप लगाएको छ ।

सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै देउवा पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विधानविपरीत विशेष महाधिवेशनका नाममा भेला डाकिएको बताएका हुन् ।

सम्मेलनमा उनले पार्टी विधानअनुसार चल्ने भन्दै राजनीतिक दलको काँधमा अहिले संविधान रक्षा गर्ने दायित्व रहेको उल्लेख गरे । विषम परिस्थिति रहेको अवस्थामा पार्टीका केही व्यक्तिहरूले विशेष महाधिवेशनको नाममा पार्टी अनुशासनबाहिर गएर गतिविधि गरेको उनको आरोप छ ।

विशेष महाधिवेशनको नाममा भेला बोलाएर पार्टीको विधानविपरित निर्वाचन आयोगमा पुगेको जानकारी पाएको बताउँदै कार्यवाहक सभापति खड्काले आज आफूहरु पनि आयोग पुगेर गम्भीर ध्यानाकर्षण गराएको जानकारी दिए ।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  २ : ५६ बजे

सम्पत्ति विवरणबारे मन्त्री पोखरेल : दोहोर्याए पारदर्शीता

काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नबारे

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको