‘विशेष महाधिवेशन विखण्डनको थलो हो, त्यता नजाऊँ भन्दा मानेनन्’ « Khabarhub

‘विशेष महाधिवेशन विखण्डनको थलो हो, त्यता नजाऊँ भन्दा मानेनन्’


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनलाई विखण्डनको थलो भनेका छन्।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्ररका सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘विशेष महाधिवेशनको भेलामा लागेका पदाधिकारीहरूसँग विभिन्न चरणमा कुरा गर्‍यौँ’, उनले गगन थापा र विश्वप्रकाश शर्मातिर लक्षित गर्दै भने, ‘विशेष महाधिवेशन भनेको पार्टीलाई विखण्डन ल्याउने थलो हो । विशेष महाधिवेशनले पार्टी फुटाउने काम गरेको छ।’

सभापति देउवाले फागुन २१ को चुनावको टिकटको निर्णयबारे मनाउन खोज्दा पनि विशेष महाधिवेशन पक्षधर नमानेको बताए ।

‘तपाईंहरूकै कार्यसमितिकै निर्णयको आधारमा मेरो सही चल्छ । तपाईंहरू निर्णय गर्नुस्, म सही मात्रै गरौँला भनेर सभापतिले भन्नु भएको थियो’, उनले भने, ‘केन्द्रीय कार्यसमितिले मात्रै विशेष महाधिवेशन बोलाउन र कार्यनीति बनाउन पाउँछ । विधानको केन्द्र भनेको केन्द्रीय कार्यसमिति र केन्द्रीय कार्यालय हो । त्यसैले त्यो विशेष महाधिवेशन विधानविपरीत छ ।’

उनले विशेष महाधिवेशन पार्टीलाई क्षति पुर्‍याउने गरी गरिएको बताए । ‘विधानसम्मत नभएकाले केन्द्रीय कार्यसमिति बैठकले अवैधानिक भेला र विशेष महाधिवेशनमा सहभागी नहुन आह्वान गरेको थियो’, उनले भने ।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  २ : ५३ बजे

दुई कांग्रेसको जम्काभेट हुने भएपछि बहादुर भवनमा उच्च सतर्कता

काठमाडौं- निर्वाचन आयोगको सुरक्षा व्यवस्था चुस्त पारिएको छ । नेपाली

न्युजिल्यान्डद्वारा इरान दूतावास बन्द

काठमाडौं- न्युजिल्यान्ड सरकारले इरानमा बिग्रँदै गएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै

मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद

६ महिनामा आयो ३९ अर्बको प्रतिबद्धता, कृषि क्षेत्रमा देखियो लगानीको आकर्षण

काठमाडौं– नेपालमा चालु आर्थिक वर्षको अर्धवार्षिक अवधिमा ३९ अर्ब बढीको

लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

काठमाडौं– प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरी शुक्रबार