‘विशेष महाधिवेशन विखण्डनको थलो हो, त्यता नजाऊँ भन्दा मानेनन्’ « Khabarhub

‘विशेष महाधिवेशन विखण्डनको थलो हो, त्यता नजाऊँ भन्दा मानेनन्’


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनलाई विखण्डनको थलो भनेका छन्।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्ररका सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘विशेष महाधिवेशनको भेलामा लागेका पदाधिकारीहरूसँग विभिन्न चरणमा कुरा गर्‍यौँ’, उनले गगन थापा र विश्वप्रकाश शर्मातिर लक्षित गर्दै भने, ‘विशेष महाधिवेशन भनेको पार्टीलाई विखण्डन ल्याउने थलो हो । विशेष महाधिवेशनले पार्टी फुटाउने काम गरेको छ।’

सभापति देउवाले फागुन २१ को चुनावको टिकटको निर्णयबारे मनाउन खोज्दा पनि विशेष महाधिवेशन पक्षधर नमानेको बताए ।

‘तपाईंहरूकै कार्यसमितिकै निर्णयको आधारमा मेरो सही चल्छ । तपाईंहरू निर्णय गर्नुस्, म सही मात्रै गरौँला भनेर सभापतिले भन्नु भएको थियो’, उनले भने, ‘केन्द्रीय कार्यसमितिले मात्रै विशेष महाधिवेशन बोलाउन र कार्यनीति बनाउन पाउँछ । विधानको केन्द्र भनेको केन्द्रीय कार्यसमिति र केन्द्रीय कार्यालय हो । त्यसैले त्यो विशेष महाधिवेशन विधानविपरीत छ ।’

उनले विशेष महाधिवेशन पार्टीलाई क्षति पुर्‍याउने गरी गरिएको बताए । ‘विधानसम्मत नभएकाले केन्द्रीय कार्यसमिति बैठकले अवैधानिक भेला र विशेष महाधिवेशनमा सहभागी नहुन आह्वान गरेको थियो’, उनले भने ।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  २ : ५३ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित