अफगानिस्तानमा खाद्य असुरक्षा : महिला र बालबालिका सबैभन्दा प्रभावित « Khabarhub

अफगानिस्तानमा खाद्य असुरक्षा : महिला र बालबालिका सबैभन्दा प्रभावित


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काबुल– अफगानिस्तानमा कुपोषण सङ्कटले महिला तथा बालबालिकामाथि गम्भीर असर पुर्‍याइरहेको छ । विश्व खाद्य कार्यक्रमका अफगानिस्तान प्रमुखका अनुसार अन्तर्राष्ट्रिय समुदायले यस सङ्कटमा महिला र बालबालिकालाई सहयोग पुर्‍याउन असफल भएको छ ।

देशमा सन् २०२१ देखि तालिबानको शासन छ र त्यसपछि दाताहरूको सहायता लगातार घट्दै आएको छ । सन् २०२४ सालमा विश्व खाद्य कार्यक्रममा आएको सहयोग रकम सन् २०२५ मा आधाभन्दा कम भएको छ ।

आउँदो १२ महिनामा पाँच लाखभन्दा बढी महिला र बालबालिकाले तीव्र कुपोषण भोग्नेछन् भने करिब चार लाख बालबालिकालाई उपचार आवश्यक पर्न सक्छ । कुपोषण उपचार गर्ने क्लिनिकहरू बन्द हुँदै गएका छन् र उपचार नपाउँदा धेरै बालबालिका ज्यान गुमाउने जोखिममा छन् ।

गर्भवती र स्तनपान गराइरहेकी महिलाहरूमा पनि कुपोषणको सङ्ख्या बढेको छ । यी महिलाहरू आफ्ना सन्तानलाई खान दिन आफूले पर्याप्त पोषण लिन नसक्ने अवस्थामा छन् ।

जहाँ सहायता रोकिएको छ, त्यहाँ परिवारहरूले छोरीहरूलाई सानो उमेरमै विवाह गर्न बाध्य बनाइरहेका छन् र बालबालिकालाई विद्यालयबाट निकालेर काममा पठाइरहेका छन् ।

अफगानिस्तान अहिले खाद्य असुरक्षा र कुपोषणको गम्भीर सङ्कट भोगिरहेको छ, र लाखौँ महिला र बालबालिकालाई जीवन रक्षाको लागि तत्काल सहयोग आवश्यक छ । रासस

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  ३ : १० बजे

सम्पत्ति विवरणबारे मन्त्री पोखरेल : दोहोर्याए पारदर्शीता

काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नबारे

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको