अफगानिस्तानमा खाद्य असुरक्षा : महिला र बालबालिका सबैभन्दा प्रभावित « Khabarhub

अफगानिस्तानमा खाद्य असुरक्षा : महिला र बालबालिका सबैभन्दा प्रभावित


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काबुल– अफगानिस्तानमा कुपोषण सङ्कटले महिला तथा बालबालिकामाथि गम्भीर असर पुर्‍याइरहेको छ । विश्व खाद्य कार्यक्रमका अफगानिस्तान प्रमुखका अनुसार अन्तर्राष्ट्रिय समुदायले यस सङ्कटमा महिला र बालबालिकालाई सहयोग पुर्‍याउन असफल भएको छ ।

देशमा सन् २०२१ देखि तालिबानको शासन छ र त्यसपछि दाताहरूको सहायता लगातार घट्दै आएको छ । सन् २०२४ सालमा विश्व खाद्य कार्यक्रममा आएको सहयोग रकम सन् २०२५ मा आधाभन्दा कम भएको छ ।

आउँदो १२ महिनामा पाँच लाखभन्दा बढी महिला र बालबालिकाले तीव्र कुपोषण भोग्नेछन् भने करिब चार लाख बालबालिकालाई उपचार आवश्यक पर्न सक्छ । कुपोषण उपचार गर्ने क्लिनिकहरू बन्द हुँदै गएका छन् र उपचार नपाउँदा धेरै बालबालिका ज्यान गुमाउने जोखिममा छन् ।

गर्भवती र स्तनपान गराइरहेकी महिलाहरूमा पनि कुपोषणको सङ्ख्या बढेको छ । यी महिलाहरू आफ्ना सन्तानलाई खान दिन आफूले पर्याप्त पोषण लिन नसक्ने अवस्थामा छन् ।

जहाँ सहायता रोकिएको छ, त्यहाँ परिवारहरूले छोरीहरूलाई सानो उमेरमै विवाह गर्न बाध्य बनाइरहेका छन् र बालबालिकालाई विद्यालयबाट निकालेर काममा पठाइरहेका छन् ।

अफगानिस्तान अहिले खाद्य असुरक्षा र कुपोषणको गम्भीर सङ्कट भोगिरहेको छ, र लाखौँ महिला र बालबालिकालाई जीवन रक्षाको लागि तत्काल सहयोग आवश्यक छ । रासस

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  ३ : १० बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको