घरधनीकै योजनामा एसबीआई बैंकको शाखा लुटपाट, छविलालले हतियार व्यवस्थापनसँगै सूचना दिएका थिए « Khabarhub

घरधनीकै योजनामा एसबीआई बैंकको शाखा लुटपाट, छविलालले हतियार व्यवस्थापनसँगै सूचना दिएका थिए

लुट्दा देखाइएको पेस्तोल नक्कली भएको पुष्टि


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


519
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ हायुटारस्थित नेपाल एसबीआई बैंकको शाखामा गत पुस २९ गतेको भएको लुटपाट प्रकरणमा घरका धनीकै योजनामा र व्यवस्थापनमा भएको खुलास भएको छ।

पुस २९ गते साँझ पौने ८ बजे भएको उक्त लुटपाट घटनामा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीको टोलीले घरधनी छविलाल स्याङ्तानसहित सातजनालाई पक्राउ गरेर हिरासतमा लिएको छ।

जिप्रका सिन्धुलीका डीएसपी सूर्यप्रकाश सुवेदी शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनीहरू सातैजनाको भूमिका पनि खुलेको बताए ।

उक्त लुटमा संलग्न भएको अभियोगमा काभ्रेको बनेपा निवासी ४९ वर्षीय भागवत सिंह थापा, सिन्धुली घ्याङलेख गाउँपालिका निवासी ४७ वर्षीय चतुरमान बज्यु, चितवनको भरतपुरका २४ वर्षीय शशाङ्क श्रेष्ठ, नुवाकोटको पञ्चकन्या–५ का २३ वर्षीय मिलन गिरी र १९ वर्षीय विवेक मगर पक्राउ परेका छन् ।

उता सिन्धुलीको घ्याङलेख–२ निवासी घरधनी ४४ वर्षीय छविलाल स्याङ्तान पनि समातिएका छन् । उक्त प्रकरणमा एकजना १६ वर्षीय किशोर पनि पक्राउ परेका सुवेदीले बताएका छन् ।

डीएसपी सुवेदीले एसबीआई बैंकबाट लुटिएको २ करोड ६८ लाख ५५ हजार रुपैयाँ बरामद भइसकेको छ। प्रहरीले लुटका क्रममा प्रयोग गरे पेस्तोल पनि नक्कली भएको पत्ता लगाएको छ ।

उनीहरूले लुटका क्रममा प्लास्टिकको पेस्तोल प्रयोग गरेको पाइएको छ। पेस्तोलसँगै नाङ्गो खुकुरी नचाउँदै उनीहरूले बैंकमा लुट मच्चाएका थिए । प्रहरीले लुटपाटका क्रममा प्रयोग गरिएको नक्कली पेस्तोल र खुकुरी बरामद उनले बताए ।

प्रहरीले गरेको अनुसन्धानबाट बैंकको शाखाका घरधनी स्याङ्तानले लुटेरालाई हतियार व्यवस्थापन गर्न सघाउका थिए । सुवेदीका अनुसार स्याङ्तानकै योजना र निर्देशनमा बैंकमा लुट भएको हो । उनैले बैंक आसपासको अवस्थाबारे पनि रेक्की गर्दै बनेपाबा सुमो रिजर्भ गरेर आएका समूहलाई खबर दिएका थिए ।

डीएसपी सुवेदीले यो घटनाको योजना गत असोजदेखि नै बनाइएको खुलेको बताएका छन् । ‘लुटको योजना चतुरमान बज्यु र घरमालिक स्याङ्तानले गत असोजदेखि बनाएका थिए’, उनले भने, ‘लुटेराहरू पुस २३ गते दुईवटा मोटरसाइकलमा काठमाडौंबाट सिन्धुली पुगेका थिए । तर मौका नमिलेपछि फर्किएका पाइएको छ ।’

उनका अनुसार दोस्रो प्रयासमा पुस २९ गते काठमाडौंको कोटेश्वरमा भेला भएर उनीहरू गाडी चढेर बनेपा पुगेका थिए । त्यसपछि त्यहाँबाट टाटा सुमो रिजर्भ गरेर बैंक लुट्न पुगेका सुवेदीले बताएका छन् ।

डीएसपी सुवेदीले अहिलेसम्म एसबीआई बैंकको शाखाबाट जम्मा ३ करोड ७ लाख रुपैयाँ लुटिएको खुलेको छ ।

पक्राउ परेका सातैजनाविरुद्ध चोरी तथा डाँकासम्बन्धी कसुरमा जिल्ला अदालत सिन्धुलीबाट ५ दिनको म्याद लिई अनुसन्धान भइरहेको डीएसपी सुवेदीले बताए ।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  ३ : १९ बजे

सम्पत्ति विवरणबारे मन्त्री पोखरेल : दोहोर्याए पारदर्शीता

काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नबारे

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको