युएनआईएसएफएमा नेपाली सेनालाई पहिलो पटक फोर्स कमाण्डरको जिम्मेवारी « Khabarhub

युएनआईएसएफएमा नेपाली सेनालाई पहिलो पटक फोर्स कमाण्डरको जिम्मेवारी


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौ|-संयुक्त राष्ट्रसंघीय मिसन (युएनआईएसएफ) मा नेपाली सेनाले पहिलो पटक फोर्स कमाण्डरको जिम्मेवारी पाएको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटरेसले नेपाली सेनाका रथी गणेश कुमार श्रेष्ठलाई उक्त पदमा नियुक्त गरेका हुन्।

यो नियुक्तिसँगै नेपाली सेनाले शान्ति स्थापनाका अन्तर्राष्ट्रिय प्रयासमा अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको छ।

यसअघि विभिन्न युएन मिसनमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको नेपाली सेनाले पहिलो पटक युएनआईएसएफए जस्तो संवेदनशील र रणनीतिक मिसनको सैन्य नेतृत्व सम्हाल्न लागेको हो।

अबीएई क्षेत्र सुडान र दक्षिण सुडानबीचको विवादित इलाका मानिन्छ। त्यहाँ शान्ति, सुरक्षा र स्थायित्व कायम राख्न युएनआईएसएफमा तैनाथ छ। फोर्स कमाण्डरको हैसियतमा रथी श्रेष्ठले मिसनअन्तर्गत तैनाथ बहुराष्ट्रिय सेनाको समग्र कमाण्ड सम्हाल्नेछन्।

नेपाली सेनाका अधिकारीहरूका अनुसार रथी श्रेष्ठको लामो सैन्य अनुभव, शान्ति मिसनमा हासिल गरेको नेतृत्व क्षमता र व्यावसायिक दक्षताका कारण उनलाई यो जिम्मेवारी दिइएको हो।

यस नियुक्तिलाई नेपाली सेनाको प्रतिष्ठा र अन्तर्राष्ट्रिय विश्वसनीयतामा थप वृद्धि गर्ने उपलब्धिका रूपमा हेरिएको छ।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  ५ : १३ बजे

सम्पत्ति विवरणबारे मन्त्री पोखरेल : दोहोर्याए पारदर्शीता

काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नबारे

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको