युएनआईएसएफएमा नेपाली सेनालाई पहिलो पटक फोर्स कमाण्डरको जिम्मेवारी « Khabarhub

युएनआईएसएफएमा नेपाली सेनालाई पहिलो पटक फोर्स कमाण्डरको जिम्मेवारी


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौ|-संयुक्त राष्ट्रसंघीय मिसन (युएनआईएसएफ) मा नेपाली सेनाले पहिलो पटक फोर्स कमाण्डरको जिम्मेवारी पाएको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटरेसले नेपाली सेनाका रथी गणेश कुमार श्रेष्ठलाई उक्त पदमा नियुक्त गरेका हुन्।

यो नियुक्तिसँगै नेपाली सेनाले शान्ति स्थापनाका अन्तर्राष्ट्रिय प्रयासमा अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको छ।

यसअघि विभिन्न युएन मिसनमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको नेपाली सेनाले पहिलो पटक युएनआईएसएफए जस्तो संवेदनशील र रणनीतिक मिसनको सैन्य नेतृत्व सम्हाल्न लागेको हो।

अबीएई क्षेत्र सुडान र दक्षिण सुडानबीचको विवादित इलाका मानिन्छ। त्यहाँ शान्ति, सुरक्षा र स्थायित्व कायम राख्न युएनआईएसएफमा तैनाथ छ। फोर्स कमाण्डरको हैसियतमा रथी श्रेष्ठले मिसनअन्तर्गत तैनाथ बहुराष्ट्रिय सेनाको समग्र कमाण्ड सम्हाल्नेछन्।

नेपाली सेनाका अधिकारीहरूका अनुसार रथी श्रेष्ठको लामो सैन्य अनुभव, शान्ति मिसनमा हासिल गरेको नेतृत्व क्षमता र व्यावसायिक दक्षताका कारण उनलाई यो जिम्मेवारी दिइएको हो।

यस नियुक्तिलाई नेपाली सेनाको प्रतिष्ठा र अन्तर्राष्ट्रिय विश्वसनीयतामा थप वृद्धि गर्ने उपलब्धिका रूपमा हेरिएको छ।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  ५ : १३ बजे

यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक घटे

चितवन – भोटेकोशी र बूढीगण्डकीको बाढीपछि मुख्य राजमार्गमा भएको अवरोध

थ्रेसर मेसिनको प्रयोग: किसानलाई राहत, युवालाई गाउँमै रोजगारी

बाँके – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ का अमजत अली शेख विगत

विपद्पछि खुल्यो बेनी–जोमसोम मार्ग: पुनहिल, तातोपानी र अन्नपूर्ण आधार शिविरमा पर्यटक बढे

म्याग्दी – म्याग्दीका पर्यटकीय स्थलहरूमा बडादसैँलगत्तै पर्यटकको चहलपहल बढ्न थालेको

साउदीमा ड्रोन आक्रमणमा नेपालीको मृत्यु: कामदारको सुरक्षा सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ – साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण: सिंचाइमा सहज

तुलसीपुर – दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा